टेलिकमको एपमा ‘नमस्ते पे’

काठमाडौँ । नेपाल टेलिकमले आफ्नो मोबाइल एपमा ‘नमस्ते पे’को सुविधा पनि थप गरेको छ । टेलिकम र राष्ट्रिय बैङ्कले भुक्तानी सेवा प्रदायकका रूपमा संयुक्त रूपमा सञ्चालान गरेको ‘नमस्ते पे’ पनि एपमा समावेश भएपछि ग्राहकले अब सोझै यसका सेवा प्रयोग गर्न सक्ने छन् ।

खासगरी प्रयोगकर्ताले अफलाइन पनि रिचार्ज गर्न पाउने सुविधा ‘नमस्ते पे’मा उपलब्ध छ । ‘नमस्ते पे’ टेलिकमको एपमा पहिलो पटक समावेश भएको हो । टेलिकमले यसबाहेक एपमा आफ्नो जानकारी (केवाइसी) अपडेट, एफटीटीएचको सीपीई पुन: सुचारु गर्न पनि सक्नेछन् । त्यस्तै वाइफाइको एसएसआईडी परिवर्तन गर्ने, डेटाको खपत तथा बचतबारेमा पनि एपबाटै जानकारी लिन सक्ने छन् ।


SHARE THIS