काठमाडौँ । भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको सम्पूर्ण बैंकिङ कारोबार राष्ट्रिय वाणिज्य बैंकमार्फत हुने भएको छ ।
बैंकले सो विमानस्थलमा सम्पूर्ण बैंकिङ कारोबार गर्न यात्रु र सेवाग्राहीलाई आवश्यक पर्ने सम्पूर्ण बैंकिङ सेवासुविधा प्रवाह गर्न बैंकले सोमबारदेखि पाँचवटा नयाँ काउण्टर सञ्चालनमा ल्याएको हो ।
बैंकले विमानस्थलभित्र डिपार्चर काउण्टर, बोर्डिङ वेटिङ काउण्टर, एराइभल काउण्टर, कस्टम र कार्गो काउण्टर सञ्चालनमा ल्याएको हो ।
काउण्टरबाट विदेशी मुद्राको सटही, भिसा शुल्क भुक्तानी, भन्सार शुल्क भुक्तानी, भ्याट रिफन्ड, एटिएम, पिओएस सेवा तथा अन्य बैंकिङ करोबार गर्न सकिने बैंकले जनाएको छ ।