सेयर बजारमा पहिरो, परिसूचक साढे २२ सयको नजिक



काठमाडौँ । सेयर बजारमा एकैसाथ ८५ अंकको गिरावट आउँदा परिसूचक साढे २२ सयको नजिक पुगेको । अघिल्लो साता गिरावटको बाटोमा लागेर बन्द भएको सेयर बजार गिरावटलाई नै निरन्तरता दिएको हो ।

निरन्तर चार दिनसम्म उकालो लागेर २४ सयको विन्दु पछ्याएको सेयर बजार फेरी गिरावटकै बाटोमा लाग्दा साढे २२ सयको विन्दुमा आएको छ ।

अघिल्लो साताको शुरुवातदेखि निरन्तर उकालो लागेको बजार अन्तिम दिनमा भने १९ अंकले ओरालो लागेर बन्द भएको थियो ।

मङ्गलबार सेयर बजारमापक नेप्से परिसूचक ८४.९० अंकले ओरालो लागेर २२६५.५२ को विन्दुमा पुगेर रोकिएको छ । सेन्सेटिभ इन्डेक्स पनि १५.२८ अंकले ओरालो लागेर ४३८.६८ को विन्दुमा पुगेर रोकिएको छ । समग्रमा दोस्रो दिनको नेप्से ३.६१ प्रतिशत र सेन्सेटिभ इन्डेक्स ३.३७ प्रतिशतले ओरालो लागेको हो । नेप्से परिसूचकसँगै पहिलो दिन भएको कारोबार रकममा पनि गिरावट आएको छ ।

अघिल्लो साताको अन्तिम दिन बिहीबार सेयर बजारमापक नेप्से परिसूचक १८.६५ अंकले ओरालो लागेर २३५०.४२ को विन्दुमा पुगेर रोकिएको थियो । सेन्सेटिभ इन्डेक्स पनि २.७० अंकले ओरालो लागेर ४५३.९६ को विन्दुमा पुगेर रोकिएको थियो । समग्रमा अन्तिम दिनको नेप्से ०.७९ प्रतिशत र सेन्सेटिभ इन्डेक्स ०.५९ प्रतिशतले ओरालो लागेको थियो ।

मङ्गलबार दिनभर २२१ कम्पनीहरुको ३५ लाख ९५ हजार ७४८ कित्ता सेयर ३३ हजार ६११ पटक खरिदबिक्री हुँदा एक अर्ब ६४ करोड ४० लाख ९६ हजार १९३ रुपियाँ बराबरको सेयर कारोबार भएको छ । जुन अघिल्लो दिनको तुलनामा ६८ करोड रुपियाँले कमी हो ।

बिहीबार दिनभर २२८ कम्पनीहरुको ५२ लाख २७ हजार ३५९ कित्ता सेयर ४० हजार २३ पटक खरिदबिक्री हुँदा दुई अर्ब ३२ करोड ८४ लाख ३४ हजार २७३ रुपियाँ बराबरको सेयर कारोबार भएको थियो । 

मङ्गलबार नौ करोड ७९ लाख रुपियाँ बराबरको सेयर खरिदबिक्री भएर कारोबार रकमका आधारमा  जाल्पा लघुवित्त शीर्ष स्थानमा पुगेको । अरुण भ्याली हाइड्रोपावर, सानिमा माइ हाइड्रोपावर र सूर्या लाइफ इन्स्योरेन्सको साढे पाँच करोड रुपियाँभन्दा बढीको सेयर कारोबार भएको छ ।

मङ्गलबार युनाइटेड इन्स्योरेन्स, लुम्बिनी जनरल इन्स्योरेन्स र सूर्योदय वोमी लघुवित्तको सेयरमूल्य १० प्रतिशत घटेको छ भने बुद्धभूमि नेपाल हाइड्रोपावर, इमर्जिङ्ग नेपाल, दिव्यश्वरी हाइड्रोपावर, ग्रीन भेन्चर्स, लिबर्टी इनर्जि र युनिभर्सल पावर कम्पनीको सेयरमूल्य नौ प्रतिशतभन्दा बढीले ओरालो लागेको छ । त्यसैगरी सामुदायिक लघुवित्तको सेयरमूल्य पनि पाँच प्रतिशतले ओरालो लागेको छ ।

दोस्रो दिन कारोबारमा आएका १३ वटै उपसमूहको परिसूचक ओरालो लागेको छ । मङ्गलबार फाइनान्स, जलविद्युत र अन्य उपसमूहको परिसूचक पाँच प्रतिशतभन्दा बढीले ओरालो लागेको छ । विकास बैंक, जीवन बीमा र निर्जीवन बीमा उपसमूहको परिसूचक चार प्रतिशतभन्दा बढीले ओरालो लागेको छ । त्यसैगरी, लगानी उपसमूहको परिसूचक तीन प्रतिशतभन्दा बढीले ओरालो लागेको छ भने व्यापार, लघुवित्त, उत्पादन तथा प्रशोधन, होटल तथा पर्यटन र बैंकिङ उपसमूहको परिसूचक दुई  प्रतिशतभन्दा बढीले ओरालो लागेको छ ।


SHARE THIS