फेरी उपत्यकामा जोर बिजोर प्रणाली, शुक्रबार रातिदेखि लागू

काठमाडौं । कोरोना संक्रमण बढ्दै गएपछि उपत्याकामा फेरी जोर बिजोर प्रणाली लागू हुने भएको छ । कोरोना संक्रमण रोकथाम गर्ने उद्देश्यले काठमाडौं उपत्यकामा शुक्रबार राति १२ बजेदेखि जोरबिजोर प्रणाली लागू हुने भएको हो । काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरुको बिहीबार बसेको संयुक्त बैठकले शुक्रबार राति १२ बजेदेखि सार्वजनिक र निजी सवारी साधनहरुमा जोर बिजोर प्रणाली लागू गर्ने निर्णय गरेको हो ।

आदेश जारी गर्नुअघि तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूको बैठक बसेको थियो। कोरोना रोकथाम तथा नियन्त्रणका लागि प्रशासनले बिहीबार यस्तो आदेश जारी गरेको हो।

स्मार्ट लकडाउनको कार्यविधिअनुसार सार्वजनिक र निजी सवारी साधनहरुमा जोर बिजोर लागू गरिएको हो । प्रशासनको आदेश 

अनुसार अब शुक्रबार राति १२ बजेदेखि जोर गते जोर नम्बरका र बिजोर गते बिजोर नम्बरका सवारी साधन सन्चालन गर्नुपर्ने छ ।

जोरबिजोरको निर्णय दुई पांग्रे सवारी साधनहरुमा पनि लागू हुने छ । सिट क्षमताभन्दा बढी यात्रु राख्न नपाइने, मास्क अनिर्वाय लगायतका यसअघिका निमय कायमै छन् ।

सपिङ मल, डिपार्टमेन्ट स्टोर लगायतका पसल र पार्टी प्यालेजहरुमा एक पटकमा २० जनाभन्दा बढी प्रवेश दिन पाइने छैन भने खोप कार्ड अनिवार्य गरएको छ । होटल तथा रेस्टुरेन्टहरुमा कुल क्षमताको आधालाई मात्र प्रवेश दिन पाइनेछ ।

अर्को आदेश जारी नहुञ्जेलसम्मका लागि जारी गरिएको यो आदेश अनुसार अब सिट क्षमताभन्दा बढी यात्रु नराख्ने, सबै यात्रुलाई मास्क अनिवार्य, सेनिटाइजरको वव्यवस्था, चालक र सहचालकले फेस सिल्ड लगाउनुपर्ने, सवारीसाधनलाई दैनिक निसंक्रमित गर्ने, मासस्क नलगाउने व्यक्तिलाई सवारीसाधनमा प्रवेश नदिने व्यवस्था छ ।

औषधी, स्वास्थ्य सामग्री बोक्ने सवारीसाधन, एम्बुलेन्स, दमकल, शवबाहन, ग्यास तथा पेट्रोलियन पदार्य बोकेका साधन, पशुपन्छीका दाना, अण्डा, फलफूल, खाद्यान्न, तरकारी र माछामासु बोकेका साधनबाहेकमा यो आदेश लागू हुने छ।

शैक्षिक संस्थाहरू भौतिक उपस्थितिमा पठन(पाठन गराउन पाइने छैन। विश्वविद्यालय, विद्यालयका परीक्षा, भर्नालगायत सबै किसिमका परीक्षा गराउन पाइने छैन।

लामो दुरीमा चल्ने सार्वजनिक यातायातमा बीच बाटोमा थप यात्रु नचढाउने गरी सुरूदेखि अन्तिम गन्तव्यसम्म यातायात सञ्चालन गर्ने, यात्रुहरूको विवरण जिल्लास्थित कोभिड(१९ संकट व्यवस्थापन केन्द्रमा उपलब्ध गराउनुपर्ने छ।

यस्तै, आदेशमा लामो दुरीमा चल्ने यात्रुहरूलाई सम्भव भएसम्म एन्टिजेन परीक्षण व्यवस्था मिलाउन भनिएको छ।

आदेशमा आसभा, जुलुस, सभा, भेला, सम्मेलन, सिनेमा हल, डान्सबार, दोहोरी नाचघर, क्यासिनो, क्लब, हेल्थ क्लब, जिमखाना, रंगशाला, महोत्सव, स्वीमिङ पुल, हाटबजार लगायत बन्द हुनेछन्।


SHARE THIS