बीमा सर्भेयरहरुका लागि पुर्नताजगी तालिम सम्पन्न

काठमाडौं । लामो समयपछि बीमा सर्भेयरहरुका लागि पुर्नताजगी तालिम सम्पन्न भएको छ । बीमा सर्भेयर संघ नेपाल (निसा) ले राजधानीमा आयोजना गरेको तालिमको बीमा समितिका अध्यक्ष सूर्य सिलवालले उद्घाटन गर्नुभयो ।

तालिमको उद्घाटन गर्दै उहाँले यो वर्ष दाबी भुक्तानीको वर्ष भएको भन्दै यसमा सर्भेयरहरुको सक्रिय सहभागिताको अपेक्षा रहेको बताउनुभयो । समितिको यो अभियानमा सबैभन्दा सरोकारको पक्ष भनेकै सर्भेयरहरु भएको भन्दै समितिका अध्यक्ष सिलवालले बीमा दाबी कसरी छिटो गर्न सकिन्छ त्यो कुरा सर्भेयरहरुबाट पनि आउनुपर्नेमा जोड दिनुभयो ।

सर्भेयर एसोसिएसनका अध्यक्ष मोहनपुरुष ढकालले सर्भेयरका लागि पुर्नताजगी तालिमको भूमिका अत्यन्तै महत्वपूर्ण हुने भन्दै आगामी दिनमा पनि यसलाई निरन्तरता दिइने बताउनुभयो ।

बीमा क्षेत्रमा जनचेतनाको अझै पनि अभाव रहेको भन्दै उहाँले बीमितसँग सबैभन्दा पहिले प्रत्यक्ष रुपमा सम्पर्कमा जाने सर्भेयर नै भएकाले उनीहरुको भूमिका बीमाको दूतको रुपमा रहेको बताउनुभयो ।

अहिले पुर्नताजगी तालिम मोटरको विषयमा भएपनि आगामी दिनमा अरु अरु विषयमा पनि गर्दै जाने उहाँको भनाई थियो ।

तालिमको उदघाटन समारोहमा बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेल, इन्स्योरेन्स इन्टिच्युट अफ नेपालका सीइओ भोजराज शर्मा, नेपाल बीमक संघका अध्यक्ष चंकी क्षेत्री, सर्भेयर एसोसिएसनका उपाध्यक्ष देउकाजी गुरुङ, महासचिव पवित्रविक्रम राणा, सचिव बुद्घकाजी श्रेष्ठलगायतले आफ्ना मन्तव्य राख्नुभएको थियो । तालिममा २० जना सर्भेयरहरुको सहभागिता रहेको थियो ।


SHARE THIS