सानिमा बैंकको प्रमुख कार्यकारी अधिकृतमा निश्चलराज पाण्डे नियुक्त

काठमाडौं । सानिमा बैंकको प्रमुख कार्यकारी अधिकृतमा निश्चलराज पाण्डे नियुक्त हुनु भएको छ । बैंकको सञ्चालक समितिले पाण्डेलाई २०७८ माघ १२ देखि लागू हुने गरी प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको हो ।

२०७० सालदेखि सानिमा बैंकमा कार्यरत पाण्डे असोज २०७८ देखि सानिमा बैंककै नायव प्रमुख कार्यकारी अधिकृतको रुपमा जिम्मेवारी निभाउँदै आउनु भएको थियो । बैंकिङ्ग क्षेत्रमा २६ वर्ष लामोे अनुभव संगाल्नु भएका पाण्डे यस अघि नविल बैंकमा १८ वर्ष काम गरिसक्नु भएको छ ।

कर्जाको विषयमा राम्रो विज्ञता राख्नुहुने उहाँले बैंकको प्रमुख जोखिम अधिकृत र प्रमुख कर्जा अधिकृतको जिम्मेवारी निभाइसक्नु भएको छ भने सानिमा क्यापिटलको सञ्चालक रहिसक्नु भएको छ । उहाँको कार्यकालमा बैंक थप सफलताको उचाईमा पुग्न सफल हुनेछ भन्ने विश्वास बैंकले लिएको छ ।


SHARE THIS