कृषि विकास बैंकको अध्यक्षमा केसी

काठमाडौं । सरकारी स्वामित्वको वाणिज्य बैंक कृषि विकास बैंकको अध्यक्षमा अर्थमन्त्रालयमा कार्यरत सहसचिव रमेशकुमार केसी  नियुक्त हुनुभएको छ ।

बैंकका नवनियुक्त अध्यक्ष केसीले राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीबाट पद तथा गोपनियताको सपथ लिनुभएको छ । केसी अर्थमन्त्रालयको वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखा प्रमुख पदमा बहाल हुनुहुन्छ ।

तत्कालिन केपी शर्मा ओली नेतृत्वको सरकारले राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक लक्ष्मीप्रपन्न निरौलालाई अध्यक्ष नियुक्त गरेको थियो ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नेतृत्वको सरकार आएपछि निरौलाले राजीनामा दिएपछि अध्यक्ष पद खाली थियो ।


SHARE THIS