नेपाल इन्स्योरेन्स सर्भेयर एसोसिएसनको अध्यक्षमा मोहन पुरुष ढकाल निर्वाचित

ललितपुर । नेपाल इन्स्योरेन्स सर्भेयर एसोसिएसन (निसा) को अध्यक्षमा मोहन पुरुष ढकाल निर्वाचित हुनुभएको छ । एसोसिएसनको यहाँ सम्पन्न १३ औं वार्षिक साधारणसभा तथा आठौं अधिवेशनबाट नौ सदस्यीय कार्यसमितिको नेतृत्व गर्दै आगामी दुई वर्षका लागि ढकाल अध्यक्षमा निर्विरोध निर्वाचित हुनुभएको हो ।

अधिवेशनबाट उपाध्यक्षमा देउकाजी गुरुङ, महासचिवमा पवित्र विक्रम राणा, सचिवमा बुद्घकाजी श्रेष्ठ, कोषाध्यक्षमा दिलमान चन्द निर्वाचित हुनुभएको छ । यसैगरी एसोसिएसनका सहस्यहरुमा शिशिर गैरे, प्रवेश पौडेल, अमर चन्द्र निराला र दिपक रानाभाट रहनुभएको छ ।
एसोसिएसनको संस्थापक महासचिवहुँदै ढकालले धेरै पटकको कार्यसमितिमा उपाध्यक्षको जिम्मेवारी बहन गरिसक्नुभएको छ ।
नवनिर्वाचित अध्याक्ष ढकालले आफ्नो नेतृत्वमा सर्भेयरहरुको साझा संस्था निसालाई नयाँ आयामबाट  माथि उठाउन प्रतिवद्घ भएर लाग्ने बताउँदै समग्र बीमा व्यवसायका सरोकारवाला सबै निकायबाट सहकार्य र सहयोगको अपेक्षा गर्नुभयो ।
बीमाको कार्यप्रक्रिया बीमितको दाबीबाट शुरु हुने तथा बीमाको कार्यप्रक्रियाका लागि कागजात र सवुद प्रमाण आवश्यक हुन्छ भन्ने जानकारीको अभाव बीमितमा अहिले पनि रहेको बताउनुभयो । उहाँले भन्नुभयो र्– सर्भेयरले कागजात र सवुद प्रमाण माग गर्नुलाई क्षतिपूर्ति नदिनलाई गरेको प्रपञचको रुपमा प्राय: बीमितहरुले लिने गर्छन । छिटो छरिरतो दाबी फरफारक गरी जनमानसमा बीमा क्षेत्रप्रति आस्था जगाउनका लागि बीमितमा बीमा सचेतना बढाउनैपर्छ ।’
अधिवेशनको उद्घाटन समारोहमा एसोसिएसनका सल्लाहकार शिवा  श्चन सा:ख, निवर्तमान अध्यक्ष सूर्यप्रसाद जोशीलगायतले सर्भेयरले फिल्डमा आवश्यक जाँचबुझ गरी क्षति मूल्याङ्कन गर्दा बहुआयामिक समस्याहरु सामना गर्नुपरिरहेको चर्चा गर्दै बीमा कम्पनीले बीमालेख जारी गरेका बखतमा त्यसमा रहेका प्रावधान र बन्देजहरुबार बीमितलाई समयमै अवगत नगराइदिंदा त्यसबाट उत्पन्न समस्या, कार्यक्षेत्रमा खटिएका सर्भेयरले व्यहोर्नुपरेको बताउनुभयो ।

SHARE THIS