राजधानीमा छैठौं व्यवस्थापन तथा आइटी शैक्षिक मेला २०७८ हुँदै

काठमाडौं  / ‘‘स्टडी इन नेपाल’’ भन्ने मूल नाराका साथ आगामी बिहीबारदेखि राजधानीमा छैठौं व्यवस्थापन तथा आई. टि. सम्बन्धी शैक्षिक मेला आयोजना हुने भएको

युनिभर्सल थट कन्सल्टले आगामी पुस गते (बिहीबार शुक्रबार) काठमाडौंको कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा आयोजना गर्न लागेको शैक्षिक मेलामा एमबीए, एमबीएस, एमएस्सी, सीएसआइटी, बीबीए, बीएससी, सीएसआइटी, बीएलटी, बीआइएम, बीएचएम, बीबीआइएस, बीटीटीएम, बीबीएम, बी एचटिएम, बिएसडब्लु, बीबीएस, बीबीए, बिआई, बिई, बीडिएफइन, बीडिइभ्सलगायतका शैक्षिक उपाधिहरु प्रदान गर्ने ३० शैक्षिक संस्थाहरुको सहभागिता रहने आयोजक पक्षले जानकारी गराएको

नेपालमै व्यवस्थापन तथा आई. टि. तर्फ उच्च शिक्षामा गुणस्तरीय शिक्षा तथा कम खर्चमा अन्तराष्ट्रिय डिग्री हासिल गर्न सकिन्छ भन्ने कुरा यस संस्थाले विगतका शैक्षिक मेलाले प्रमाणित गरिसकेको

छैठौं शैक्षिक मेलामा यस वर्ष कक्षा ११, १२ अध्ययन गर्दै रहेको कक्षा १२ को परीक्षा सकेर बसेका पाँच हजार विद्यार्थीको सहभागिता रहने यूटीसीका कार्यकारी निर्देशक राजेश बुद्धसैनीले बताउनुभयो

यस वर्षको शैक्षिक मेलामा नेपाली विश्वविद्यालयबाट क्रमश: पोखरा विश्वविद्यालयका नौ शैक्षिक संस्था, त्रिभुवन विश्वविद्यालयका वटा, पूर्वाञ्चल विश्वविद्यालयका तीन वटा, काठमाडौं विश्वविद्यालयका दुई वटा, मध्यपश्चिम विश्वविद्यालयका पाँच वटा नेपाली विश्वविद्यालयका कलेज, दुई वटा सीए एक अन्य अध्यापन गराउने संस्थाहरुको सहभागिता रहने भने १५ वटा विदेशी विश्वविद्यालयबाट सम्बन्धन प्राप्त कलेजहरुको सहभागिता रहने यस मेलामा जम्मा ५१ व्टा स्टलहरु रहने युटीसीका एडमिनिसट्रेटिभ एण्ड फाइनान्स डाइरेक्टर प्रकाश ढकालले जानकारी दिनुभयो

यस वर्षको युनिभर्सल थट कन्सल्टद्वारा आयोजित छैठौं नेपाल व्यवस्थापन तथा आई.टि. शैक्षिक मेला २०७८ को टाइटल स्पोन्सर प्रेसिडेन्टल बिजनेश स्कुल कलेज रहेको भने मुख्य स्पोन्सरमा आइआइएमएस कलेज, इन एसोसिएसन विथमा ट्रिनिटी कलेज किष्ट कलेज साथै मिड भ्याली कलेज, माल्पी कलेज, मेदाभी कलेज, एआइटीएम कलेज, केआइसी कलेज पावर वाइमा तथा मेलाको इभेण्ट मेनेजर इन्टरडक्सन ट्रेड सो नेपाल प्रालि रहेको


SHARE THIS