सगरमाथा, लालीगुराँस, पाटे बाघ र कुबेरको चित्रले सजिएका पाँच सय रुपियाँका नयाँ नोट शुक्रबारदेखि नेपाली बजारमा

काठमाडौं । सगरमाथा, लालीगुराँस, पाटे बाघ र कुबेरको चित्रले सजिएका पाँच सय रुपियाँका नयाँ नोट शुक्रबारदेखि नेपाली बजारमा आएका छन् ।

नेपाल राष्ट्र बैंकले शुक्रबारदेखि पाँच सय रुपियाँका नयाँ नोट प्रचलनमा ल्याएको हो । राष्ट्र बैंक अन्तरगत मुद्रा व्यवस्थापन विभागका अनुसार साविककै आकारमा तथा रङगमा, सङ्केत नं. छ/ ३८०००००१ देखि झ/४२९९९९९९ सम्मका पाँच सय रुपियाँ दरका नयाँ नोट चलनचल्नीमा आएका हुन् ।

“नेपाल सरकारको जमानत प्राप्त यसको भुक्तानी माग्न आएमा नेपाल राष्ट्र बैंकबाट रुपियाँ पाँच सय तुरुन्त पाइनेछ’’ भन्ने प्रतिज्ञामुलक वाक्याशं सहित विभिन्न विशेषताहरु भएको नोट राष्ट्र बैंकले चलनचल्तीमा ल्याएको हो ।

नयाँ नोटको अग्र भागमा बायाँतर्फ सगरमाथाको चित्र रहेको छ भने दायाँतर्फ लालीगुराँसको पानी छाप रहेको छ । गभर्नरको दस्तखत रहने स्थानमा महाप्रसाद अधिकारीको दस्तखत रहेको छ भने तल्लो भागमा बोर्डरमा नोटको सिरियल नम्बर नेपालीमा र वि सं. २०७७ लेखिएको छ ।

३.५ मि.मी चौडा भएको रङ परिवर्तन हुने (नोटलाई सिधा हेर्दा रातो रङ र ढल्काएर हेर्दा हरियो रङ देखिने) सुरक्षण धागो रहेको छ । सगरमाथा हिमालको दायाँतर्फ अण्डाकारभित्र रङ परिवर्तन हुने (नोटलाई सिधा हेर्दा सुनौलो र ढल्काएर हेर्दा हरियो रङ देखिने) कुबेरको चित्र रहेको छ ।

यस्तै लालीगुराँस पानी छापको बायाँतर्फ फरक क्षमता भएको (दृष्टिविहिन) हरुले स्पर्श गरेर नोटको दर पहिचान गर्नका लागि दुईवटा कालो थोप्लाहरु प्नि थप गरिएको छ ।

नोटको मध्य भागको माथिल्लो खण्डमा अंग्रेजीमा नेपाल राष्ट्र बैंक लेखिएको छ भने नोटको मध्य भगमा पाटेबाघको चित्र रहेको छ । नोटको ताल्लो भागमा अंग्रेजीमा रूपिज फाइभ हन्ड्रेड लेखिएको छ भने नोटको तल्ललो भागको बोर्डरमा नोटको सिरियल नम्बर अंग्रेजीमा २०२० ए डी लेखिएको छ ।




SHARE THIS