बडादशैंमा सौन्दर्य र मेकअप

रिना प्रधान

सुन्दरता आम मानिसको सम्पत्ति हो । अझ महान चाड विजयादशमीमा सुन्दर देखिन नचाहने सायदै होलान् । बदलिँदो समय परिस्थिति र त्यससँगै हाम्रो बदलिएको खानपान संस्कारले पछिल्लो समय हाम्रो  मौलिक सुन्दरता नै हराउँदै गएको छ । खासगरी हिजोआज दैनिक उपभोग्य वस्तुहरूमा मिसावटको प्रभावले पनि सौन्दर्यमा समस्या आइरहेको छ । पिउने पानीदेखि चामल होस् या तेल, तरकारीलगायत जेमा पनि मिसावट रहेका कारण त्यसले शरीरलाई मात्र होइन, सौन्दर्यलाई नै हानी गर्दै लगेको छ । यस्तो हानी देख्न त सकिंदैन, तर महसुस गर्न सकिन्छ । यस्तो अवस्थामा महिलाहरूले कसरी आफूलाई मौलिक रूपले नै सुन्दर र राम्रो बनाउने ? प्रश्न उठेको छ ।

छालामा असर पर्ने धेरै कारण छन् । आफ्नो अनुहार मुलायम, दागरहित, चाउरीरहित र चम्किलो होस् भन्ने चाहना राख्नु स्वाभाविक हो । तर, बिहानदेखि बेलुकीसम्म प्रत्येक दिनको जीवन, खानपान, व्यस्तता, थकान, अनिद्रा, वातावरणीय प्रदूषण, सूर्यको किरण आदिले हाम्रो स्वास्थ्यमा नकारात्मक असर गरिरहेको हुन्छ । फलस्वरूप अनुहारमा विभिन्न समस्या देखापर्छ । छाला मुलायम, चम्किलो र दागरहित बनाउन हाम्रो जीवनशैलीको पनि मुख्य भूमिका हुन्छ । अझ दशैंको समयमा मान्यजनको हातबाट टिका थाप्नेदेखि भेटघाट, रमाइलो, खानपान र दशैंमा लगाइने टिकामा मिलाइने केमिकल बढी भयो भने पनि हाम्रो सुन्दरता बिग्रन सक्छ । खानपानमा थोरै सुधार गर्न सकेको खण्डमा स्वास्थ्यसँगै छालामा देखापर्ने समस्याबाट बच्न सकिन्छ । हामीले दिनमा आठदेखि १० गिलास पानी पिउँदा स्वस्थ रहन सकिन्छ । ग्रिन टी, विषादीरहित फलफूल, हरियो सागसब्जीको सेवनले छाला चम्किलो राख्छ । रातमा छदेखि आठ घन्टा निदाएर सुतेमा हाम्रो स्वास्थ्यसँगै छाला बिग्रनबाट जोगिन्छ ।

शरीरको बाहिरी अंग अर्थात छालामा प्रदूषण र सूर्यको विकिरणले पनि असर गर्छ । यस्तो अवस्थामा सुरक्षाका लागि विभिन्न सौन्दर्य सामग्रीको प्रयोग गर्न सकिन्छ । आफ्नो छालाको प्रकार अनुसार सही तरिकाले सौन्दर्य सामग्रीको प्रयोग गर्नुपर्ने हुन्छ । यदि सौन्दर्य सामग्री गुणस्तरीय नभएको र छालाअनुसारको प्रयोग गरिएन भने यसको परिणाम विपरीत हुन जान्छ । छालासम्बन्धी सौन्दर्य प्रशाधनका सामग्रीलाई प्रयोग गर्न सकिन्छ । अहिले बजारमा जहाँ पनि भेटिने सौन्दर्य प्रशाधनका सामग्रीहरुले नकारात्मक असर गर्दछ भन्ने कुरामा सचेत हुनुपर्छ । व्यस्त जीवनमा अनुहारलाई ध्यान दिने समय हुँदैन हामीसँग बजारको जुनसुकै ब्यूटी प्रडक्टहरु लगाउँदा समस्या आउन सक्छ । यसै सन्दर्भमा दशैंको समयमा सौन्दर्यता कायम गर्न के के गर्ने भन्ने विषयमा कुरा गरेको छु ।

मेकअप भनेको कस्मेटिकस प्रडक्ट प्रयोग गरि अनुहारलाई सुन्दर र राम्रो देखाउनु हो । मेकअप कुनै पनि व्यक्तिलाई अझ सुन्दर देखाउन गरिन्छ, जसले कुनै पनि महिला पुरूष आकर्षित देखिन्छन । मानिसहरू समय अनुसार मेकअप गर्न चाहन्छन तर सहि ज्ञान र प्रयोग गर्न नजान्नाले राम्रो देखिनुको सट्टा झन बेरूप देखिन्छ । त्यसैले सहि कस्मेटिक्स प्रडक्ट र सहि तरिकाबाट मेकअप गर्दा राम्रो देखिन्छ । विशेष गरि महिला दिदी बहिनी मेकअप गर्न रूचाउने भएकाले सहि उत्पादक र सहि तरिकाले अपनाउनुहोस भन्न चाहन्छु ।

नजिकिँदै गरेको नेपालीहरूको महान चाड बडादशैंको शुभ अवसरमा सम्पुर्ण महिला दिदिबहिनीहरूलाइ कस्तो खालको मेकअप गदौ राम्रो देखिन्छ ? के गर्दा सुन्दर देखिन्छ भन्ने लागि रहेको हुन सक्छ । धेरैले हेभि मेकअप गरेको देखिन्छ त्यो विल्कुलै गलत हो । धेरै–धेरै लगाएर मात्र राम्रो देखिन्छ भन्ने हुँदैन, केहि कुरालाइ हाइलाइट गरेर केहि कुरालाई म्यूट गर्यो भने राम्रो कम्बिनेसन हुन्छ र सुन्दर देखिन्छ । दशैको समयमा सबैको निधार रातो टिका र पहेँलो जमराले सजिएको हुन्छ त्यसमाथि मेकअप पनि हेभि गर्यो भने त बेरूप देखिन्छ । त्यसैले नर्मल लुक्स दिने मेकअप गर्नु राम्रो हुन्छ । स्किन सुट गर्न कस्मेटिक प्रडक्स प्रयोग गर्नुहोस । थोरै प्रडक्स्ट प्रयोग गर्नुहोस तर क्बालिटिमा ध्यान दिनुहोस, जसको प्रयोगले पछि छालामा कुनै किसिमको नराम्रो असर नआओस । त्यसैले मेकअप गर्दा प्रडक्स्टको गुणस्तर र छालाको म्याचमा ध्यान दिनु जरूरी छ ।

मेकअप गर्दा सबैभन्दा पहिले फेस प्राइमर लगाउनु पर्दछ । जसले छालालाइ जोगाउँदछ । त्यसपछि फाउन्डेसन लगाउने फाउन्डेसन डेर्मा वेस भयो भने अझ राम्रो हुन्छ । हामीले आफ्नो छाला अनुसारको फाउन्डेसनको कलर छनौट गरि प्रयोग गर्नुपर्छ । किनकि स्किन टोनसँग फाउन्डेसनको कलर म्याच भयो भने मात्र राम्रो देखिन्छ । तर म्याच भएन भने झन कालो निलो देखिने हुन्छ ।

अर्को स्टेप भनेको फेस कटिङ पनि महत्वपूर्ण हुन्छ । कटिङ गर्दा फाउन्डेसनको भन्दा एक स्टेप डार्क कलरले गर्ने । अनि नोज कटिङ सबैभन्दा महत्वपूर्ण हुन्छ किनकि नोज कटिङले पुरै अनुहारलाइ राम्रो देखाउन सहयोग गर्छ । विशेष गरी दशंैको लागि गरिने मेकअपमा आँखाको मेकअप खासै नगर्दा पनि हुन्छ । आई स्याडो प्रयोग नगर्दा पनि हुन्छ तर गर्नुपर्दा स्किपी कलरको थोरै साइन भएको प्रयोग गर्ने । आई लाइनर चाहीँ लगाउँदा राम्रो देखिन्छ । फोटोमा  राम्रो देखाउनु छ भने अलि कोष तानेर लगाउने र नेचुरल खालको आई लाइसेसको पनि प्रयोग गर्न सकिन्छ । आई ब्रो मा भने डार्क कम्बिनेसन छ भने डार्क ब्राउन आइब्रो कम्प्याक वा पेन्सिल र लाइट वा गोरो कम्बिनेसन छ भने लाइछ ब्राउन कलर प्रयोग गर्नुपर्छ । ब्लसर प्रयोग गर्दा कलर ग्लोमर, ग्लो र सबै किसिमको स्कीन टोन वा कम्प्लेक्सनलाई सुट गर्छ । त्यसैले यो प्रयोग राम्रो हुन्छ । लिपिस्टक प्रयोग गर्दा पनि विवाहित दिदी बहिनीहरुले रातो र अविवाहित दिदी बहिनीहरुले स्कीन कलरको प्रयोग गर्नुपर्छ । म्यूट कलरको लिपिस्टक लगाएको छ भने लिप ग्लस लगाउने । आजकल मेकअपमा हाइलाइटरको प्रयोग भएको पाइन्छ । तर दशैंको मेकअपमा हाइलाइटरको आवश्यकता पर्दैन । मेकअपलाई लामो समय टिकाउनको लागि मेकअप फिक्सरको प्रयोग गर्नुपर्छ । दशैंको टिका लगाउँदा पनि ध्यान दिनुपर्छ । टिकामा प्रयोग हुने कलरको कारण कसै कसैमा चिलाउने, एलर्जी हुने हुन्छ । यस्ता समस्यालाई कम गर्न ल्वाङको तलको साथमा मह मिलाएर टिका बनाउन सकिन्छ । यसले गर्दा स्किनमा हुने एलर्जीलाई रोक्न सकिन्छ ।

(प्रधान द फिनिसिङ टचकी सञ्चालक हुनुहुन्छ ।)


SHARE THIS