सेयर बजार २६ सयको विन्दुमा, कारोबार पाँच अर्बमा सीमित

काठमाडौं । ओरालो क्रममा लागेको सेयर बजारले एकाएक २६ सयको विन्दु झरेको छ । सेयर बजार साताको दोस्रो दिन २६ सयको विन्दुमा पुुगेर रोकिएको छ भने कारोबार रकम पनि पाँच अर्ब रुपियाँमा सीमित भएको छ ।

सोमबार ७३.०५ अंकले ओरालो लागेको बजार २६८५.४१ अंकको विन्दुमा पुुगेर रोकिएको छ । सेन्सेटिभ इन्डेक्स पनि १२.९४ अंकले ओरालो लाग्दा ५०६.९४ को विन्दुमा पुुगेर रोकिएको छ । समग्रमा सोमबारको सेयर बजार २.६५ प्रतिशत र सेन्सेटिभ इन्डेक्स २.४९ प्रतिशतले ओरोलो लागेको हो ।

साताको पहिलो कारोबार दिन पनि बजार ६१.२७ अंकले ओरालो लागेर २७५८.४८ को विन्दुमा अडिएको थियो । क वर्गका कम्पनी मापक सेन्सेटिभ इण्डेक्स पनि १०.७ अंकले ओरालो लागेर ५१९.३६ को विन्दुमा रोकिएको थियो ।

सोमबार २२७ कम्पनीहरुको एक करोड चार लाख ७८ हजार ६८ कित्ता सेयर ६७ हजार ५८७ पटक खरिदबिक्री हुँदा पाँच अर्ब १२ करोड नौ लाख ७३ हजार ९६ रुपियाँ बराबरको सेयर कारोबार भएको छ । जुन अघिल्लो दिनको तुलनामा झण्डै डेढ अर्बले कमी हो भने कुनै बेला २२ अर्बसम्म पुुगेको बजारको तुलनामा यो ज्यादै कम हो ।

दोस्रो दिन दुई कम्पनीको सेयरमूल्य सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । मनकामना स्मार्ट लघुवित्त र मैलुङ्ग खोला जलविद्युत कम्पनीको सेयर करिब १० प्रतिशत बढेको छ भने गोर्खाज फाइनान्सको शेयरमूल्य छ प्रतिशत बढेको छ ।

यता गुडविल फाइनान्स, युनाइटेड इदी मार्दी, नेपाल फाइनान्स, कालिका पावर, पोखरा फाइनान्स र नेपाल हाइड्रो डेभलपर्सको शेयरमूल्य सात प्रतिशतभन्दा बढीले ओरालो लागेको छ ।

सोमबार कारोबारमा आएका १३ वटै उपसमूहका परिसूचक ओरालो लागेको छ । वित्त उपसमूहको परिसूचक सर्वाधिक ४.५३ प्रतिशत घटेको छ भने निर्जीवन बीमा, लगानी र विकास बैंकको परिसूचक तीन प्रतिशतभन्दा बढी घटेको छ । बैंकिङ, होटल तथा पर्यटन, जलविद्युत, अन्य, लघुवित्त र जीवन बीमा उपसमूहको परिसूचक दुुई प्रतिशतभन्दा बढी घटेको छ ।

१५ करोडको सेयर खरिदबिक्री भएर कारोबार रकमका आधारमा सोमबार अरुण भ्याली हाइड्रोपावर शीर्ष स्थानमा रहेको छ । त्यसैगरी, युनाइटेड मोदी हाइड्रोपावरको साढे १३ करोडको सेयर कारोबार भएको छ ।


SHARE THIS