नेपाल पुनर्बीमा कम्पनीका अध्यक्ष डा. रविन्द्र घिमिरे

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीको सञ्चालक समितिको नवनियुक्त अध्यक्ष डा. रविन्द्र घिमिरेले पद तथा गोपनियताको शपथ लिनुभएको छ ।

अध्यक्ष डा. घिमिरेले बीमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालबाट आफ्नो पद तथा गोपनियताको शपथ लिनुभएको हो ।गत सोमबार कात्तिक ८ गते बसेको मन्त्रिपरिषदको बैठकले घिमिरेलाई आगामी चार वर्षको लागि कम्पनीको अध्यक्ष पदमा नियुक्त गरेको थियो ।

पोखरा विश्वविद्यालय स्कुल अफ बिजनेशनका प्राध्यापक डा. घिमिरेले बीमामा विद्यावारिधी गर्नुभएको छ ।

बीमा क्षेत्रकै विज्ञको रुपमा समेत चिनिने घिमिरेले नेपाल पुनर्बीमा कम्पनीलाई नेपाल सरकारका नीति नियम, नियमनकारी निकायको निर्देशन तथा अन्तर्राष्ट्रिय अभ्यासलाई आत्मसत् गर्दै एक दिगो, सबल,  विश्वासनीय तथा विश्वस्तरीय पुनर्बीमा कम्पनीको रुपमा विकास गर्र्दै लैजाने दिशामा प्रतिबद्ध रहने बताउनुभयो ।

कम्पनीको व्यवस्थापनमा रहने तथा सम्पूर्ण कर्मचारीहरुले समेत कम्पनीको वित्तीय अवस्था सुदृढ बनाउने, कम्पनीको विश्वासनियतालाई बृद्धि गर्ने, राष्ट्रिय तथा अन्तराष्ट्रिय बीमा बजारसँगको व्यवसायिक सम्बन्धलाई अझै बलियो बनाउने, समग्र बीमा उद्योगको प्रबद्र्धन र विस्तार गर्ने कार्यमा इमान्दारीताका साथ अझ बढी योगदान गर्ने विश्वास लिएको उहाँले बताउनुभयो ।


SHARE THIS