फोनपेको आम्मामामा क्यूआरमा उपहार योजनाका बिजेता सार्वजनिक

काठमाडौं । फोन पे पेमेन्ट सर्भिस लिमिटेडले आफ्ना मर्चेन्टहरुलाई लक्षित गर्दै सुरू गरेको ‘आम्मामामा क्यूआारमा उपहार, दिनदिनै एकलाख’ योजनाका बिजेता सार्बजनिक गरेको छ ।

गत साउन १३ गतेदेखि सञ्चालन भएको योजनामा हरेक दिन एक जना मर्चेन्टले एकलाख रूपियाँ जित्दै आएका छन् । हालसम्म १३ जना मर्चेन्टले एक–एक लाख रूपियाँ जितिसकेको कम्पनीले जनाएको छ ।

तीन महिनासम्म सञ्चालन हुने योजनाका बिजेता हरेक दिन सार्बजनिक हुने गरेका छन् । हालसम्म काठमाडौका युनिक बेकरी, दिल क्याफे, क्याफे ककओ, सेसन वाक, मेडफस्र्ट हेल्थ केयर, केसी मिट सप, लाइफ ट्रस्ट मेडि डाइग्नोष्टिक, ललितपुरको सुनिल फार्मेसी, भक्तपुरको खड्का प्लाष्टिक पसल, सप्तरीको काल्टु लिला प्रा.लि.उदयपुरको सरगम चश्मा घरका मर्चेन्टले एक–एक लाख रूपियाँ जित्न सफल भएका छन् ।

योजनामा हरेक दिन क्यूआर आर्फत भुक्तानी लिने व्यवसायी (मर्चेन्ट)ले हरेक दिन एक लाख रूपियाँ जित्न सकिने कम्पनीले जनाएको छ ।

देशभरका व्यवसायीलाई डिजिटल भुक्तानीका लागि प्रोत्साहन गर्ने उद्देश्यले योजना ल्याइएको हो । फोनपेको नेटवर्कमा आवद्ध भइसकेका र आवद्ध हुन चाहने साना – ठूला सबै व्यावसायलाई समेट्ने यो योजनामा फोनपे मार्फत भुक्तानी लिने देशभरका मर्चेन्टहरूको सहभागिता हुनेछ ।

यस योजनामा सहभागि हुनका लागि फोनपे बिजनेसमा रजिष्ट्रर भएको हुनुपर्नेछ भने उपहार योजनामा सहभागि हुनका लागि फोनपे मार्फत दैनिक भुक्तानी लिएको हुनुपर्नेछ । फोनपे बिजनेसमा आबद्ध हुन फोनपे बिजनेस एप डाउनलोड गरि आफ्नो व्यवसायको प्याननम्बर मार्फत आफै रजिष्ट्रर हुन सकिन्छ । साथै नजिकै रहेको बैंक तथा वित्तीय संस्था तथा डिजिटल वालेट कम्पनी मार्फत पनि मर्चेन्ट बन्न सकिने कम्पनीले जनाएको छ ।

योजनामा हरेक दिन बिहान १२ बजे देखि राति ११:५९ सम्म कारोबार गर्ने सबै व्यवसायी सहभागी हुँदै आएका छन् । योजनाका बिजेता लक्की ड्र मार्फत छनोट गरिदै आएको छ र बिजेताको घोषणा हरेक दिन साँझ ५ बजे फोनपे बिजनेसको फेसबुक लाइभ मार्फत  गरिदै आएको छ ।


SHARE THIS