नेपाल बैंकका ऋणपत्र नेप्सेमा सूचीकृत



काठमाडौं । नेपाल बैंकको ऋणपत्र नेपाल स्टक एक्सचेञ्च लिमिटेडमा सूचीकृत भएको छ ।

बैंकको ऋणपत्र नेप्सेमा सूचीकरणका लागि नेप्सेका प्रमुख कार्यकारी अधिकृत चन्द्र सिं साउद र नेपाल बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर अधिकारीबीच मङ्गलबार धितोपत्र सूचीकरण सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।

बैंकले जारी गरेको तीन अर्ब ५० करोड रुपियाँ रकम बराबरको एक हजार रुपियाँ अंकित दरको ३५ लाख  कित्ता “८.५०% नेपाल बैंक ऋणपत्र–२०८७” सूचीकरण गर्न लागेको हो ।

सूचीकरण भएको ऋणपत्र धितोपत्र सूचीकरण सम्झौता सम्पन्न भएको दोस्रो दिनबाट नेपाल स्टक एक्सचेञ्ज लिमिटेडमा कारोबार शुरु हुने बैंकले जनाएको छ ।


SHARE THIS