कृषि विकास बैंकको कृषि ऋणपत्र सूचिकरण

 

काठमाडौं । कृषि विकास बैंक लिमिटेडको एक हजार अंकित दरका ६० लाख कित्ता बराबरको कृषि ऋणपत्र सूचिकरण हुने भएको छ ।

आवश्यक प्रकृया पुरा गरी नियमानुसार बांडफांड समेत भई सम्बन्धित निकायमा अभिलेख तथा दर्ता गरिएको बैंकको एक हजार रुपियाँ अंकित दरका ६० लाख कित्ता बराबरको कृषि ऋणपत्र निष्काशन गर्न लागिएको हो ।
चार प्रतिशत ब्याजदर रहेर्को कृषि ऋणपत्र’ को सूचीकरण गरी कारोबारका लागि कृषि विकास बैंक र नेपाल स्टक एक्सचेन्जबीच धितोपत्र सूचिकरण सम्बन्धी मङ्गलबार सम्झौता सम्पन्न भएको छ ।
सम्झौतामा बैंकको तर्फबाट बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल कुमार उपाध्याय र नेपाल स्टक एक्सचेन्ज लिमिटेडका तर्फबाट चन्द्र सिहं साउदले हस्ताक्षर गर्नुभयो । सम्झौता पश्चात बैंकर्को कृषि ऋणपत्र’ को दोस्रो बजारमा कारोबार सुरु हुने भएको छ ।
सो अवसरमा बैंकका विभागीय प्रमुख प्रेमकुमार श्रेष्ठ, कम्पनी सचिव हिमलाल पौडेल, नेपाल स्टक एक्सचेन्जका प्रविन पन्ढाक, कुलचन्द्र रिजाल, भेषराज नेपाल, नवराज थापा र एन आई वि.एल एस क्यापिटल लि.का डिपुटी सिईओ मेख बहादुर थापालगायतको उपस्थिती रहेको थियो ।


SHARE THIS