प्रभु क्यापिटलले ल्यायो समर डिम्याट स्किम

काठमाडौँ । प्रभु क्यापिटल लिमिटेडले डिम्याट ग्राहकहरुलाई डिम्याट सेवा अन्तरगत नयाँ डिम्याट योजर्ना  समर डिम्याट स्किम’ सञ्चालनमा ल्याएको छ ।

योजना अन्तरगत ग्राहकले एक वर्षका लागि निशुल्क डिम्याट खाता र मेरो सेयर प्राप्त गर्न सक्ने भएका छन् ।

साथै योजना अन्तरगत प्रभु क्यापिटलमा पहिलै डिम्याट खाता हुने तथा नयाँ डिम्याट खाता खोलेका एवं खाता खोल्नलाई अनलाइनको माध्यमबाट आवेदन गरेका ग्राहकहरुले अरु १० जनालाई यो योजना रिफर गरी नयाँ डिम्याट खाता खोलाएमा थप एक वर्षको लागि डिम्याट खाता र मेरो सेयर निःशुल्क प्राप्त गर्ने कम्पनीले जनाएको छ । योजना आगामी साउन ३२ गतेसम्म सञ्चालन हुने कम्पनीले जनाएको छ ।


SHARE THIS