सी–सिरिज स्मार्टफोन, नोकिया सी २० नेपाली बजारमा

काठमाडौं । एचएमडी ग्लोबल, होम अफ नोकिया फोन्सले नवीनतम सी–सिरिज स्मार्टफोन, नोकिया सी २० को लन्च गरेको छ । लाइफ इज टु बि लिभ्ड, नर्डिक डिजाइन र बिल्ड–क्वालिटीबाट निर्मित, अल–डे ब्याट्री लाइफ भएको एन्ड्रोइड११टिएम (गो एडिसन) र सुरक्षा अपडेट–सबै ११ हजार रुपियाँ मूल्य निर्धारण गरिएको कम्पनीले जनाएको छ ।

तीन वटा छुट्टै स्मार्टफोन सिरिज मध्य एकको प्रतिनिधित्व गर्दै (एक्स–सिरिज, जी–सिरिज र सी–सिरिज) रहेको नोकिया सी २० ले स्मार्टफोन टेक्नोलोजीलाई अझ बढी सुलभ बनाउने कम्पनीले जनाएको छ । यसको अल्ट्रा–हाई भ्यालु प्राइस प्वाइन्ट र स्टान्डर्डको रुपमा दुई वर्षको फ्रि सेक्युरिटी अप्डेटले उपभोक्तालाई पिस अफ माइन्ड प्रदान गर्दछ ।

प्यान एसिया एचएमडी ग्लोबलका महाप्रबन्धक रवि कुँवरले भन्नुभयोर्, नोकिया फोनको सबै उपकरणहरुलाई एचएमडी ग्लोबलको सन्देश– लभ इट, ट्रस्ट इट र किप इटले दर्शाउँछ । लभ इट–हामी उपकरणहरुको साथ अद्वितीय स्मार्टफोनको एक्सपेरियन्सहरु प्रदान गर्दछौँ । जसले राम्रो ब्याट्री लाइफ, छिटो प्रदर्शन र एक्सेप्सनल डिजाइन फिलोसोफी प्रदान गर्दछ जसको कारण प्रशंसकहरु नोकिया फोनहरु प्रति अझै बढी आकर्षित हुन्छन् । ट्रस्ट इट–हाम्रो फोनहरु तीन वर्षको सुरक्षा अपडेटसँग कन्सिस्टेन्ट छन् जसले डाटा ब्रिचेजबाट प्रयोगकर्ताहरुलाई मानसिक शान्ति प्रदान गर्दछ । किप इट–एचएमडी ग्लोबलले हार्डवेयरको मार्फत मात्र नभई सफ्टवेयर मार्फत पनि र दुई वर्षको अपरेटिङ सिस्टम अपग्रेड्सका साथ फोनलाई अप–टु–डेट र फ्रेस एज न्यू बनाएर यसलाई सस्टेनेबल र ड्युरेबल बनाई लाइफ एक्सपेक्टेन्सी बढाउने कायम गरेको छ । जति लामो समय हामी हाम्रो फोनमा खर्च गर्छौँ त्यति नै यसले फोहोर व्यवस्थापनमा कमी ल्याएर नेपालको वातावरणमा राम्रो प्रभाव पार्नेछ ।’

पाँच एम्पीको फ्रन्ट र रियर क्यामेराको साथ लो लाइटमा पनि आफ्नो प्रियजनहरुसँग अविष्मरणीय पल कैद गर्न, अगाडि र पछाडिको एलइडी फ्लासको मद्दतले महत्वपूर्ण क्षणहरुलाई बिहानदेखि बेलुकासम्म आफ्नो चित्रहरु र सेल्फीहरुलाई उज्यालो बनाउँदै क्याप्चर गर्न सकिने कम्पनीले जनाएको छ ।

ठूलो ६.५ इन्चको एचडीप्लस स्व्रिmनको साथ ३००० एमएएच ब्याट्रीको संयोजनले ब्याट्रीको चिन्ता बिना सम्पूर्ण दिन पूरा परिवारजनलाई नै मनोरञ्जन प्रदान गर्न सकिने कम्पनीले जनाएको छ ।

एन्ड्रोइड ११(गो एडिसन)ले एप्लिकेशनहरु खोल्नको लागि, फोटो र भिडियोहरु खोज्न र सेयर गर्नको लागि छिटो र सजिलो बनाउने तथा दुई वर्षका लागि सुरक्षा अपडेट र थप गरिएको सेक्युरिटी फिचर्सहरुको साथ फोन सुरक्षित रहने कम्पनीले जनाएको छ ।


SHARE THIS