अहिलेसम्मकै उच्च विन्दुमा पुग्यो सेयर बजार, नेप्से परिसूचक तीन हजार नजिक र कारोबार साढे १९ अर्ब

काठमाडौं । तीन हजारको विन्दु पछ्याएको सेयर बजारले अहिलेसम्मकै रेकर्ड ब्रेक गर्दै नयाँ रेकर्ड बनाएको छ । यो साताको पहिलो कारोबार दिन सेयर बजारमा परिसूचक र कारोबार रकम अहिलेसम्मकै उच्च विन्दुमा पुगेर कारोबार भएको हो ।

आइतबार नेप्से परिसूचक ३८.३२ अंक बढेर २९८३.११ विन्दुमा पुगेको छ । जुन अहिालेसम्मकै उच्च बन्द विन्दु हो । यस अघि नेप्सेले गत साताको मङ्गलबार नेप्से २९६०.१४ विन्दुमा बन्द भएको थियो । सोही रेकर्डलाई तोड्दै नेप्सेले आइतबार नयाँ रेकर्ड बनाएको हो ।

आइतबार कारोबार रकमले पनि नयाँ रेकर्ड बनाएको छ । २२० कम्पनीको एक लाख ८२ हजार ४३० पटकको कारोबारमा १९ अर्ब ५५ करोड एक लाख ६६ हजार रुपियाँ बराबरको तीन करोड ७० लाख ७६ हजार ४३९ कित्ता सेयर खरिदबिक्री भएको छ । यसभन्दा अघि बजारमा १७ अर्ब बराबरको सेयर खरिदबिक्री भएको थियो ।

आइतबार ७२ करोड २९ लाखको शेयर कारोबार भएर कारोबार रकमका आधारमा अरुण भ्याली हाइड्रोपावरको सबैभन्दा धेरे कारोबार गर्नेको सूचीमा अगाडि आएको छ । लुम्बिनी विकास बैंकको ५८ करोड ३९ लाख, नेशनल आइइड्रोपावर ५४ करोड ४० लाखको सेयर खरीद बिक्री भएको छ ।

नेपाल पुनर्बीमा कम्पनी, ज्योति विकास बैंक, अरुण काबेली पावर, रसुवागढी हाइड्रोपावर, युनाइटेड मोदी हाइड्रोपावर, गरिमा विकास बैंक, अपि पावर कम्पनीको शीर्ष दश ठूलो कारोबार भएको छ । दशौं ठूलो कारोबार भएको अपि पावरको ३३ करोड ६७ लाखको सेयर कारोबारमा आएको छ ।

आइतबार पाँच वटा कम्पनीको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ भने अन्य ३९ वटा कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । नेपाल इन्स्योरेन्स, सर्वाधिक चार प्रतिशतले घटेको बजारमा युनाइटेड इदिमर्दी, साधना लघुवित्त, नारायणी डेभलपमेन्ट बैंक र समीट माइक्रोफाइनान्सको सेयरमूल्य दुई प्रतिशत धेरैले घटेको छ ।

आइतबार नेप्से र कारोबार रकमले नयाँ रेकर्ड कायम गरेसँगै तीन दर्जन कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । जसमध्ये विकास बैंक, फाइनान्स कम्पनी, जलविद्युत कम्पनी र होटलहरु रहेका छन् । श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स, समृद्धि फाइनान्स, आईसीएफसी फाइनान्स, कर्णाली डेभलपमेन्ट बैंक र सिन्धु विकास बैंकको सेयरमूल्य १० प्रतिशत बढेको छ ।

आइतबार कारोबारमा रहेका १३ उपसमूहमध्ये सात उपसमूहको परिसूचक बढेको छ भने बाँकी छ उपसमूहको परिसूचक घटेको छ । विकास बैंक उपसमूहको परिसूचक सर्वाधिक ८.२४ प्रतिशत बढेको छ । त्यसैगरी, वित्त उपसमूहको परिसूचक ७.१४ प्रतिशत, जलविद्युतको ६.१ प्रतिशत र होटल तथा पर्यटनको ४.७३ प्रतिशत बढेको छ। कारोबारमा आएको व्यापार उपसमूहको परिसूचक सर्वाधिक १.०६ प्रतिशत घटेको छ ।


SHARE THIS