फेरी थपियो एक साताका लागि उपत्यकामा निषेधाज्ञा, पुस्तक पसल बिहान र हार्डवेयर पसल साँझ सञ्चालन गर्न दिइने

काठमाडौं । काठमाडौं उपत्यकामा फेरि एक साताका लागि निषेधाज्ञा थपिएको छ । जेठ मसान्तसम्म लगाइएको निषेधाज्ञालाई थप एक साता बढाउने निर्णय भएको हो ।

कोरोना भाइरसको जोखिम घटिनसकेको निष्कर्षसहित काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीको संयुक्त बैठकले निषेधाज्ञा लम्ब्याउने निर्णय गरेको हो ।

दोस्रो लहरको कोरोना संक्रमणलाई ध्यानमा राख्दै गत वैशाख १६ गतेदेखि उपत्यकाका तीन जिल्लामा लागु गरिएको निषेधाज्ञा पुनः एक साता थपिएको हो । यसअघि असाार ३१ गतेसम्म जारी रहेको निषेधाज्ञा आगामी असार ७ गतेसम्म लम्बिएको हो ।

आइतबार बसेको तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीको संयुक्त बैठकले निर्णय गरेको काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले बताउनुभयो । निषेधाज्ञा लागू भएको डेढ महिनासम्म पनि कोरोना संक्रमणको जोखिम कम नभएकाले निषेधाज्ञालाई निरन्तरता दिइएको हो ।

यद्यपी यो निषेधाज्ञा एक साता थप गरिएपनि निषेधाज्ञा खुकुलो बनाइएको छ ।

अब तरकारी तथा खाद्यान्न पसल बिहान ११ बजेसम्म खुल्नेछन् भने अनलाइन डोम डेलिभरी सेवा पनि सञ्चालन हुनेछन् । यसअघि बिहान ९ बजेसम्म मात्र खाद्यान्न पसल सञ्चालन भएको छ भने अनलाइन डेलिभरीलाई समेत रोक लगाइएको थियो ।

यस्तै निषेधाज्ञा खुकुलो भएसगैँ पुस्तक पसल समेत खुला हुने भएको छ । यस्तै, अपरान्ह ४ बजेपछि हार्डवेयर पसल पनि खोल्ने निर्णय भएको छ । हालै निर्माणका कार्यलाई सहजीकरण गर्न गृहमन्त्री खगराज अधिकारीले ७७ जिल्लाकै प्रमुख जिल्ला अधिकारीलाई निर्देशन दिनुभएको थियो ।

सहकारी र रेमिट सेवा सातामा दुई दिन मात्र खुल्ने

ऋब काठमाडौं उपत्यकाका तीन जिल्लामा रहेका सहकारी संस्थाहरु अब सातामा दुई दिन मात्र खुला हुने भएको छ ।

उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीको संयुक्त बैंठकले निषेधाज्ञा खुकुलो बनाउँदै सहकारी तथा रेमिटलाई सातामा दुई दिन सञ्चालनको अनुमति दिएको हो ।

यसअघि बन्द रहेका सहकारी संस्था तथा रेमिटहरु अब आइतबार र बिहीबार मात्र खुला हुने भएको छ ।

नेपाल राष्ट्र बैंकले तोकेको मापदण्ड अनुसार सीमित संख्यामा शाखा र कर्मचारीको व्यवस्थापन गरी वाणिज्य बैंक, विकाश बैंक तथा वित्त कम्पनीहरुले बैंकिङ कारोबार गर्ने पाउने भएका छन् ।

बीमा समिति तथा बीमा कम्पनी र धितोपत्र बोर्डले आलोपालो गरी न्यूनतम जनशक्ति प्रयोग गरी कार्य सञ्चालन गर्न सक्नेछन ।


SHARE THIS