मङ्गलबारदेखि बैंकहरुले स्थानीय प्रशासनसँगको समन्वयमा शाखा खोल्न पाउने

काठमाडौं । बैक तथा वित्तीय संस्थाले स्थानीय प्रशासनसँग समन्वय गरी असार १ गते मङ्गलबारदेखि आवश्यकता अनुसार शाखा कार्यालय खोल्न पाउने भएका छन् ।

नेपाल राष्ट्र बैंकले सोमबार एक सूचना जारी गर्दै वैशाख १९ गते र जेठ १० गते जारी गरिएको सूचना खारेज गर्दै नयाँ व्यवस्था गरेको हो ।

यसअघि बैंकहरुले केन्द्रिय कार्यलय बाहेक उपत्यकामा पाँच वटा शाखा वटा र उपत्याका बाहिर स्थानीय प्रशासनको निर्देशन अनुसार शाखा सञ्चालन गर्नुपर्ने व्यवस्था गरिएको थियो ।

मङ्गलबारदेखि निषेधाज्ञा केही खुकुलो भएसँगै अब बैंक तथा वित्तीय संस्थाले ग्राहकको चाप अनुसार न्यूनतम कर्मचारी राखेर स्वास्थ्य मापदण्ड पुरा गरी शाखा सञ्चालन गर्न पाउने भएका छन् । व्यवसायिक निरन्तरता दिँदै सकेसम्म प्रविधिको प्रयोग गर्दै भर्चुअल कार्यसम्पादन र वर्क फर्म होमलाई जोड दिनुपर्नेमा राष्ट्र बैंकले जोड दिएको छ ।

विद्युतीय बैंकिङ कारोबारलाई प्रोत्साहन गर्दै कारोबार गर्न आग्रह गर्दै राष्ट्र बैंकले सञ्चालन हुने र बन्द हुने शाखाको जानकारी बैंक तथा वित्तीय संस्थाले आफ्नो वेव साइट, शाखा कार्यलयको मूल ढोका तथा सामाजिक सञ्जालमा समेत राख्नुपर्ने निर्देशन दिएको छ ।


SHARE THIS