एनएफआरएसको दायरामा आउँदै लघुवित्त, चौथो त्रैमासदेखि अनिवार्य

काठमाडौं । नेपाल फाइनान्सियल रिपोर्टिङ स्ट्याण्डर्ड (एनएफआरएस) को दायरामा लघुवित्त वित्तीय संस्थाहरु पनि आउने भएका छन् । यसअघि वाणिज्य बैंक, विकास बैंक तथा फाइनान्स कम्पनीलाई अनिवार्य गरेपछि नेपाल राष्ट्र बैंकले चालु आवको अन्तिम देखि लघुवित्तलाई पनि लागु गर्ने भएको छ ।

अब लघुवित्त वित्तीय संस्थाले पनि वित्तीय विवरण नेपाल फाइनान्सियल रिपोर्टिङ स्ट्याण्डर्ड (एनएफआरएस) अनुसार तयार गर्नुपर्ने भएको छ ।

राष्ट्र बैंकले थोक कारोबार गर्ने तथा सर्वसाधारणबाट निक्षेप संकलन गर्ने लघुवित्तीय संस्थाले पनि वित्तीय विवरण एनएफआरएस अनुसार तयार गर्नुपर्ने व्यवस्था गरेको छ ।

राष्ट्र बैंकले सोमबार निर्देशन जारी गर्दै थोक कारोबार गर्ने तथा सर्वसाधारणबाट निक्षेप संकलन गर्ने दुबै लघुवित्त संस्थाले चालु आर्थिक वर्षको चौथो त्रैमासदेखि अनिवार्य रुपमा एनएफआरएस ढाँचामा वित्तीय विवरण तयार गर्नुपर्ने जनाएको छ ।

यसअघि वाणिज्य बैंक, विकास बैंक तथा फाइनान्स कम्पनीलाई अनिवार्य गरेपछि राष्ट्र बैंकले चालु आवको अन्तिम देखि लघुवित्तलाई पनि लागु गरेको हो ।


SHARE THIS