पूर्वी रुकुममा ग्रामीण सूचना प्रविधि केन्द्र स्थापना हुँदै

काठमाडौं । ग्रामीण क्षेत्रका जनताका लागि सञ्चार, शिक्षा, स्वास्थ्य लगायतका आवश्यकतामा सहज पहुँच विस्तार गर्न पूर्वी रुकुममा सूचना प्रविधि केन्द्र स्थापना हुने भएको छ ।

अमेरिकामा रहेको नेप्लिज एसोसिएशन अफ फ्लोरिडाको संयोजन तथा ग्लोबल नेप्लिज आईसीटी कन्सोर्टियमको प्राविधिक सहयोगमा दूरदराजका जनतामा सूचना प्रविधिको माध्यमबाट सेवा पु¥याउने उद्देश्यका साथ ग्रामीण सूचना प्रविधि केन्द्रहरुको स्थापना हुन लागेको हो ।

पूर्वी रुकुमको सिस्ने गाउँपालिका वडा न. ५ सिस्नेमा स्थापित हुन लागेको सूचना प्रविधि केन्द्रबाट गाउँपालिकामा आउने सेवाग्राही तथा आसपासका जनतालाई सूचना तथा सञ्चार प्रविधिको माध्यमबाट सेवा लिन सक्ने छन् ।

सामान्य सञ्चार सम्बन्धी काम, भिडियो कन्फ्रेन्सिङ, प्रिन्ट, फोटोकपी जनस्वास्थ्य सेवाका साथै त्यहाँको स्वास्थ्यका क्षेत्रमा दूरस्वास्थ्य प्रणालीका कार्यक्रम आयोजना गरी ःथानीय जनतालाई स्वास्थ्य सेवा प्रदान गरिने बताइएको छ ।

विकट क्षेत्रमा भएकै कारण आधारभूत स्वास्थ्य सेवाबाट बञ्चित भएका नागरिकलाई विभिन्न शहरमा रहेका स्वास्थ्य प्रतिष्ठानसँगको सहकार्यमा त्यहाँ रहेका स्वास्थ्य जाँच, परामर्श, स्वास्थ्य शिविर सञ्चालन गर्ने तथा जिल्ला स्वास्थ्य कार्यालयहरुको स्तारोन्नती गर्नका साथै सो क्षेत्रमा रहेका टेलिमेडिसिन सेवाको पनि स्तरोन्नती गर्न सघाउने कन्सोर्टियमका संयोजक नारायण न्यौपानेले बताउनुभयो ।

सूचना प्रविधि केन्द्रलाई स्थानीय युवाहरुको सञ्जाल युवा विकास केन्द्रले सञ्चालन, संरक्षण र  प्रवद्र्घनको जिम्मा लिने भएको छ ।

केन्द्रबाट शिक्षातर्फ विभिन्न वडामा सञ्चालित सरकारी विद्यालयका विद्यार्थीहरु जसमा कम्प्युटरको पहुँँच पुगेको छैन तिनीहरुलाई निशुल्क कम्प्युटर शिक्षा प्रदान गर्ने र स्थानीय विद्यार्थीहरुलाई कम्प्युटर शिक्षाप्रति आकर्षित गर्दै विभिन्न तालिमहरुको आयोजना गर्ने योजना छ ।

त्यो ठाउँबाट वैदेशिक रोजगारीका सिलसिलामा विभिन्न देशमा गएका युवाहरुसँग विभिन्न अन्तरक्रिया कार्यक्रम गराउने अवसर सो सूचना केन्द्रबाट प्राप्त हुने संयोजक समेत रहनुभएका न्यौपानेले बताउनुभयो ।

नेपालकै पहिलो सूचना प्रविधि केन्द्रले पयटनसँग सम्बन्धित आकर्षक स्थल सिस्ने हिमाल, ढोरपाटन, यार्सागुम्बा संकलन केन्द्रलगायतलाई पनि प्रचारप्रसार गर्ने र आन्तरिक तथा बाह्य पर्यटकलाई जानकारी पु¥याउने छ ।

कृषि सूचना केन्द्र, स्थानीय निकाय लगायतका निकायसँगको सहकार्यबाट सञ्चालन गर्न लागिएको सूचना प्रविधि केन्द्रमार्फत स्थानीयवासीको लागि भरपूर उपयोग गर्ने उद्देश्य रहेको पनि उहाँको भनाई छ । केन्द्र निर्माणका लागि सबैको साथ र सहयोगको अपेक्षा निर्माणकर्ताहरुबाट गरिएको छ ।

‘कनेक्ट नेपाल’ अन्तर्गत सञ्चालन हुन लागेको यो परियोजनाअन्तर्गत सुरुवातमा पूर्वी रुकुमको सिस्ने गाउँपालिका वडा नं. ५ का दुई हजारभन्दा बढी जनताका लागि सूचना प्रविधि केन्द्र निर्माण हुनेछ । निर्माणपछि यो केन्द्र स्थानीय युवा विकास केन्द्रले नियमित रुपममा सञ्चालन गर्ने जनाइएको छ ।

यो केन्द्र निर्माणका लागि नेप्लिज एसोसिएशन अफ फ्लोरिडाले पाँच हजार डलर संकलन गर्ने लक्ष्य राखेको छ । अहहिलेसम्म ३५ सय डलर संकलन भइसकेको जनाइएको छ । जुन वेभसाइट, इन्टरनेट र कम्प्युटरमा कनेक्ट हुने हार्डवेयर खरिद र शुरुवाती व्यवस्थापनमा खर्च हुनेछ ।


SHARE THIS