तयार रहनुस दोर्दी खोला र मानुषी लघुवित्त आईपीओ आउँदैछ, बोर्डसँग मागे साढे ३३ करोडको आइपीओ निष्काशन गर्ने अनुमति

काठमाडौं । साधारण सेयर (आईपीओ) मा आवेदन दिने गर्नुभएको छ ? छ भने तयार रहनुस अब छिटै दोर्दी खोला जलविद्युत् कम्पनी लिमिटेड र मानुषी लघुवित्त वित्तीय संस्थाको  साधारण सेयर (आईपीओ) छिटै आउन लागेको छ । दुई कम्पनीले ३३ करोड ४५ लाख ६७ हजार ९०० रुपियाँ बराबरको आइपीओ निष्काशन गर्न अनुमति नेपाल धितोपत्र बोर्डसमक्ष मागेका छन् ।

मानुषी लघुवित्तले प्रतिकित्ता एक सय रुपियाँ अंकित दरमा तीन करोड ९३ लाख ७५ हजार रूपियाँ बराबरको तीन लाख ९३ हजार ७५० कित्ता आइपीओ निष्काशन गर्ने अनुमति मागेको हो ।

लघुवित्तको आइपीओ निष्काशन तथा बिक्री प्रबन्धक नेपाल एसबीआई मर्चेन्ट बैंकिङ्ग लिमिटेड रहेको छ।

यसैगरी दोर्दी खोला जलविद्युत् कम्पनीले पनि प्रतिकित्ता एक सय रुपियाँ अंकित दरमा २९ करोड ५१ लाख ९२ हजार ९०० रूपियाँ बराबरको २९ लाख ५१ हजार ९२९ कित्ता साधारण शेयर जारी गर्ने अनुमति माग गरेको हो। दोर्दी खोला जलविद्युत् कम्पनीको आइपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ । बोर्डबाट अनुमति पाएपछि दुबै कम्पनीको आइपीओ बिक्रीमा आउनेछ।


SHARE THIS