बीग मर्जरमा हिमालयन एण्ड नेपाल इन्भेष्टमेण्ट बैंकको रेकर्ड ब्रेक, ठूलो वाणिज्य बैंक बन्दै

काठमाडौं। नेपालमा वाणिज्य बैंक मर्जरकै इतिहासमा दुई ठूला बैंकहरु मर्ज भएर अहिलेसम्मकै ठूलो बैंक बन्ने भएको छ । नेपाल इन्भेष्टमेण्ट बैंक र हिमालयन बैंकबीच एकआपसमा गाभ्न गाभिनको लागि बिहीबार प्रारम्भिक समझदारी पत्रमा हस्ताक्षर गरेका छ ।

निकै लामो समयदेखि मर्जरको चर्चामा रहेका  निकै पुराना हिमालयन इन्भेष्टमेन्ट बैंक मर्ज भएसँगै वाणिज्य बैंकहरुमध्येको ठूलो बैंकको उपाधि पनि प्राप्त गर्ने भएको छ ।

इन्भेष्टमेण्ट बैंकको तर्फबाट अध्यक्ष पृथ्वी बहादुर पाँडे तथा हिमालयन बैंकको तर्फबाट अध्यक्ष तुलसी प्रसाद गौतमले सम्झौतापत्रमा हस्ताक्षर गरी मर्जरको लागि औपचारिक रुपमा कार्य शुभारम्भ गरेका हुन् ।

नेपालको वित्तिय क्षेत्रलाई सबल तथा सक्षम बनाउने उद्देश्यका साथ नेपाल राष्ट्र बैंकले अगाडि सारेको मर्जर र एक्वीजिसन नीतिको अनुसरण गर्दै मर्जर सम्झौता गरिएको बैंकहरुले जनाएका छन् ।

इन्भेष्टमेण्ट बैंक तथा हिमालयन बैंक दुबै वाणिज्य बैंकको क्षेत्रमा अग्रणी बैंकहरुको रुपमा सबल एवम् सक्षम संस्थाको रुपमा सुपरिचित रहेका छन् । बैंकहरु एकआपसमा गाभिए पछि वित्तीय क्षेत्रमा थप उर्जा प्रदान गरी देश कै सबैभन्दा ठूलो वाणिज्य बैंक बन्नुका साथै यसले नेपाल राष्ट्र बैंकको नीतिलाई समेत थप उत्साह प्रदान गरी अन्य बैंकहरुलाई समेत मर्जरको लागि प्रेरित गर्ने देखिन्छ ।

मर्जर पछि बैंकको नाम “हिमालयन एण्ड नेपाल इन्भेष्टमेण्ट बैंक लिमिटेड” हुने र सञ्चालक समितिको अध्यक्षको रुपमा पृथ्वी बहादुर पाँडे तथा प्रमुख कार्यकारी अधिकृतको रुपमा अशोक शमसेर राणा रहने सहमति भएको छ । त्यसैगरी मर्जर पछि बन्ने बैंकको सञ्चालक समितिमा दुबै बैंकको तर्फबाट तीन र तीन जना सञ्चालक नियुक्त हुने र नयॉ सञ्चालक समितिले स्वतन्त्र सञ्चालकको नियुक्ति गरी जम्मा सात जनाको सञ्चालक समिति हुने जनाइएको छ ।

हाल नेपाल इन्भेष्टमेण्ट बैंकको चुक्ता पूँजी १६ अर्ब २६ करोड तथा हिमालयन बैंकको चुक्ता पूँजी १० अर्ब ६८ करोड रहेकोमा दुबै बैंक एक भएपछि बैंकको चुक्ता पूँजी २६ अर्ब ९४ करोड भइ सबैभन्दा बढी चुक्ता पूँजी भएको बैंक बन्नेछ ।

त्यसैगरी हाल नेपाल इन्भेष्टमेण्ट बैंकको जगेडा तथा कोष १४ अर्ब १० करोड र हिमालयन बैंकको पूँजी अर्ब ६७ करोड कर्जा लगानी तर्फ हाल नेपाल इन्भेष्टमेण्ट बैंकको १६०.९८ अर्ब र हिमालयन बैंकको १२७.१४ अर्ब र निक्षेप तर्फ नेपाल इन्भेष्टमेण्ट बैंकको १६८.२९ अर्ब र हिमालयन बैंकको १४३.७० अर्ब रहेको हु‘दा मर्जरपछि हरेक क्षेत्रमा सबैभन्दा सबल र ठूलो बैंक हुनेछ ।

मर्जरपछि निक्षेप तीन खर्ब ११ अर्ब रुपियाँ पुग्नेछ भने कर्जा दुई खर्ब ८७ अर्ब रुपियाँ पुग्नेछ । त्यसैगरी रिजर्भमा १९ अर्ब ७४ करोड पुग्नेछ भने शाखा सञ्जाल १५२ पुग्ने भएको छ ।

हिमालयन बैंकको ६९ वटा शाखा र इन्भेष्टमेन्ट बैंकका ८३ शाखा गरी कुल १५२ वटा शाखा कार्यालय हुनेछन् । जसमा एक दर्जनबढी शाखा कार्यालय एकै स्थानमा हुने भएकाले स्थानान्तरण हुने देखिएको छ । मर्जरपछि बन्ने नयाँ बैंकका कर्मचारीको संख्या २५ सय पुग्नेछ । हिमालयन र इन्भेष्टमेन्ट बैंकले कर्मचारी व्यवस्थापनको लागि स्वेछिक अवकासको योजना एकीकृत कारोबार अगाडि बढाउने भएका छन् ।


SHARE THIS