चालु खाता घाटा एक खर्ब माथि, शोधानान्तर स्थिति ९७ अर्बले बचतमा

काठमाडौं । चालु आर्थिक वर्षको माघसम्म्मा नेपालको कुल चालु खाता घाटा एक खर्ब माथि पुगेको छ। नेपाल राष्ट्र बैंकको तथ्याङ्क अनुसार माघ मसान्तसम्म्मा चालु खाता एक खर्ब एक अर्ब ९० करोडले घाटामा रहेको छ ।

अघिल्लो वर्षको सोही अवधिमा चालु खाता एक खर्ब छ अर्बले घाटामा रहेको थियो । समीक्षा अवधिमा पुँजीगत ट्रान्सफर ५.७ प्रतिशतले कमी आई ७ अर्ब ८३ करोड कायम भएको छ भने खुद प्रत्यक्ष वैदेशिक लगानी ३७.३ प्रतिशतले कमी आई ९ अर्ब २ करोड कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा पुँजीगत ट्रान्सफर ८ अर्ब ३० करोड र खुद प्रत्यक्ष वैदेशिक लगानी १४ अर्ब ३८ करोड रहेको थियो ।

समीक्षा अवधिमा शोधनान्तर स्थिति ९७ अर्ब ३६ करोडले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति २१ अर्ब ६१ करोडले बचतमा रहेको थियो ।

२०७७ असार मसान्तमा १४ खर्ब ०१ अर्ब ८४ करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति ४।३ प्रतिशतले वृद्धि भई २०७७ माघ मसान्तमा १४ खर्ब ६२ अर्ब ३ करोड पुगेको छ । कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति २०७७ माघ मसान्तमा ५।० प्रतिशतले वृद्धि भई १२ खर्ब ८७ अर्ब ५० करोड पुगेको छ ।

आर्थिक वर्ष २०७७÷७८ को सात महिनाको आयातलाई आधार मान्दा बैकिङ्ग क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति १३।१ महिनाको वस्तु आयात र ११।९ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने केन्द्रिय बैंकले जनाएको छ।

समीक्षा अवधिमा विदेशी विनिमय सञ्चितिको कुल गार्हस्थ्य उत्पादन, कुल आयात र विस्तृत मुद्राप्रदायसँगका अनुपातहरु क्रमशः ३७।१ प्रतिशत, ९८।९ प्रतिशत र ३१।३ प्रतिशत रहेका छन् । २०७७ असार मसान्तमा यी अनुपातहरु क्रमशः ३५।५ प्रतिशत, १०५।७ प्रतिशत र ३३।१ प्रतिशत रहेका थिए ।


SHARE THIS