हिमालयन कर्नर अर्गानिक मार्ट सञ्चालनमा

काठमाडौँ । स्वदेशी अर्गानिक खाद्य वस्तुको उत्पादनलाई प्रवद्र्धन तथा बजारीकरण गर्ने  उद्देश्यले राजधानीमा हिमालयन कर्नर अर्गानिक मार्ट सञ्चालनमा आएको छ ।

स्वदेशी उत्पादन प्रवदर्धन तथा हिमाली भेगका अर्गानिक उत्पादन बिक्री वितरण गर्ने उद्देश्यले शान्तिनगरस्थित नोगेन्द्र कान्छा चोकमा ‘हिमालयन कर्नर अर्गानिक मार्ट’ सञ्चालनमा आएको हो ।

हिमालयन कर्नर अर्गानिक मार्ट र अर्डर नाओसँगको संयुक्त सहकार्यमा मार्ट स्थापना गरिएको मार्टको आज एक कार्यक्रमका बीच शुभारम्भ गरिएको छ ।

मार्टका अध्यक्ष दीपकबहादुर बुढाले स्वदेशी अर्गानिक खाद्य वस्तुको उत्पादनलाई प्रवद्र्धन तथा बजारीकरण गर्ने मुख्य उद्देश्यले मार्ट खोलिएको बताउनुभयो ।

नेपालमै उद्यम गरिरहेका उद्यमी तथा कृषकलाई प्रोत्साहन गर्न उत्पादित विविध सामग्रीलाई बजारीकरण गरी अर्गानिक खाद्य वस्तुलगायत स्थानीयस्तरमा उत्पादन हुने उपभोग्य सामग्रीको बिक्री वितरणका लागि अर्डर नाओ तथा मार्टको सहकार्यमा भौतिक बिक्री केन्द्र स्थापना गरिएको उहाँले बताउनुभयो ।

ब्यालेन्स ग्रुप अफ कम्पनीको पहलमा अर्डर अनलाइन मार्केटद्वारा सञ्चालित इ–कमर्श प्लेटफर्म, अर्डर नाओले बजारीकरण गरेको छ । मार्टले नेपालमा बनेका ९मेड इन नेपाल सामान० खरिद बिक्री गर्दै जनाएको छ । सोही अवधारणालाई आत्मसाथ गर्दै विगत तीन वर्षदेखि हिमाली भेगका अर्गानिक उत्पादन बिक्री वितरण गर्दै आएको जनाइएको छ ।

देशका गाउँ, दूरदराजमा उत्पादन हुने सम्पूर्ण जिन्सी सामानदेखि खानाका वस्तुको सस्तो, सुलभ, गुणस्तरीय र मुख्यतः सजिलो किनबेचका लागि नयाँ प्लेटफर्म तयार गरिएको हो ।

नेपालीको बानी विस्तारै परिवर्तन भइरहेको अवस्थामा इन्टरनेटबाट मात्रै नभएर भौतिक स्टोरबाट पनि यो मर्मलाई उजागर गर्ने यात्रामा होमिएको मार्टले जनाएको छ ।

उत्पादकले सुरक्षित बजार पाउने, उपभोक्तामाझ गुणस्तरीय सामान निःशुल्क एक फोनका भरमा डेलिभरी हुने हुनाले मार्टले नेपाली बजारमा राम्रो स्थान जमाउने अर्डन नाओका अध्यक्ष एवं वरिष्ठ पर्यटन व्यवसायी राजन सिंखडाले बताउनुभयो । मार्टबाट स्वदेशी उत्पादनले बजार पाउनुका साथै रोजगारीको अवसर पनि सिर्जना हुने उहाँले बताउनुभयो ।

ब्यालेन्स ग्रुपले नेपालमै केही गर्न चाहने युवा तथा विदेशबाट नेपाल फर्केका युवा उद्यमीलाई उद्यम गर्ने वातावरण सहजीकरण गरिरहेको छ ।

अर्डर नाओका कार्यकारी प्रमुख मनोज पन्थीले ‘आफ्नै लाऔँ, आफ्नै खाऊँ, आफ्नो देश आफैँ बनाउ’ भन्ने मुख्य उद्देश्यका साथ स्वदेशी उद्यमीको उत्पादनलाई प्रवद्र्धन तथा बजारीकरणमा सहजीकरण गर्ने पहिलो स्टोरका रुपमा मार्ट शुरुआत गरिएको बताउनुभयो ।

गाउँको अर्गानिक उत्पादन, रोग प्रतिरोधात्मक क्षमता बद्धि गर्ने खाद्य सामगी स्थानीय तथा घरेलु खाद्य उत्पादन, नेपाली लत्ताकपडा, हस्तकला, साना तथा घरेलु उद्योगको उत्पादन, महिला उद्यमीको उत्पादनलगायत विविधि किसिमका अन्य सामग्री उपभोक्ताले खरिद गर्नसकिने उहाँले उल्लेख गर्नुभयो ।

त्यसैगरी मार्टले हुम्ला फुड इण्डष्ट्रिजको सहकार्यमा नेपालका दूरदराजमा उत्पादन हुने अर्गानिक उत्पादन सङ्कलन, प्रशोधन, प्याकेजिङ गरी नेपाली अर्गानिक खाद्य सामगी ‘मार्सी बुडाकोः कर्णालीको कोशीली ब्राण्ड’ मा बजारीकरण तथा उत्पादन बृद्धिमा निरन्तर कार्यरत रहेको कम्पनीले जनाएको छ ।


SHARE THIS