फेरी ओरालै मार्ग पछ्याउँदै सेयर बजार, आइतबार नेप्से परिसूचक ३३ अंकले ओरालो

काठमाडौं । निरन्तर सुधारको बाटोमा लागिरहेको सेयर बजार एकाएक ओरालो लाग्न थालेको छ । अघिल्लो साता ओरालो लागेर बन्द भएको सेयर बजारले यो साता पनि ओरालै लागेर शुरुवात गरेको छ ।

अघिल्लो साता ओरालो लागेर बन्द भएको सेयर बजारले यो साता पनि ओरालै लागेर शुरुवात गरेको छ । गत साताको अन्तिम कारोबार दिन दोहोरो अंकले घटेर बन्द भएको बजार यस साताको पहिलो कारोबार दिन परिसूचकसँगै कारोबार रकम पनि ओरालो लागेको छ ।

आइतबार सेयर बजार मापक नेप्से परिसूचक ३३.३३ अंकले ओरालो लागेर २४९३.५९ को विन्दुमा पुगेर अडिएको छ । सेन्सेटिभ इन्डेक्स पनि ९.३१ अंकले ओरालो लागेर ४५४.१२ अंकको विन्दुमा पुगेर अडिएको छ । समग्रमा पहिलो दिनको सेयर बजार १.३२ प्रतिशत र सेन्सेटिभ इन्डेक्स २.०१ प्रतिशतले ओरालो लागेको छ ।

साताको अन्तिम दिन सेयर बजारमा ओरलो लागेको थियो । बिहीबार नेप्से परिसूचक १६.११ अंकले ओरालो लागेर २५२६.९२ को विन्दुमा पुगेको थियो । क वर्गका कम्पनी मापक सेन्सेटिभ इण्डेक्स पनि १.६६ अंकले ओरालो लागेर ४६३.४७ को विन्दुमा रोकिएको थियो ।

पहिलो दिन २०२ कम्पनीको एक करोड ४८ लाख ५१ हजार ५९२ कित्ता शेयर ५८ हजार ३०९ पटक खरिदबिक्री हुँदा छ अर्ब ९२ करोड ७६ लाख ६८ हजार ९३१ रुपियाँ बराबरको सेयर कारोबार भएको छ । जुन अघिल्लो दिनको डेढ करोड रुपियाँले कमी हो ।

बिहीबार २०६ कम्पनीका एक करोड ६० लाख ५८ हजार ४५८ कित्ता सेयर किनबेचबाट आठ अर्ब ४१ करोड १७ लाख ३२ हजार तीन रुपियाँको कारोबार भएको थियो ।

आइतबार कारोबारमा आएको म्युचुअल फण्ड उपसमूह बाहेक अरु सबै उपसमूहको परिसूचक घटेको छ । अन्य उपसमूहको परिसूचक सर्वाधिक २.२३ प्रतिशत घटेको पहिलो दिन बैंकिङ, होटल, जलविद्युत, लघुवित्त र जीवन बीमा उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढीले ओरालो लागेको छ भने म्युचुअल फण्ड उपसमूहको परिसूचक भने १.०९ प्रतिशतले उकालो लागेको छ ।

बिहीबार कारोबारमा आएका १२ समूहमध्ये बैङ्किङ समूहको परिसूचक १०.७९ अंकले बढेको थियो भने विकास बैंक समूहको परिसूचक पनि २०.१४ अंकले बढेको थियो । म्युचुअल फण्डको परिसूचक समान्य अंकले उकालो लागेको थियो भने बाँकी सबै समूहका परिसूचक ओरालो लागेर बजार बन्द भएको थियो । सबैभन्दा बढी जीवन बीमा समूह २१४.३९ अंकले, निर्जीबन बीमा समूह २०७.२२ अंकले, लघुवित्त समूह १२८.०५ अंकले ओरालो लागेको थियो । 

आइतबार ५२ करोड ३३ लाख रुपियाँ बराबरको शेयर खरिदबिक्री भएर कारोबार रकमका आधारमा  नेको इन्स्योरेन्स शीर्ष स्थानमा रहेको छ । नेपाल बैंकको ३६ करोड ६० लाख रुपियाँ बराबरको शेयर कारोबार भएको छ ।

नेपाल इन्फ्रास्ट्रक्चर बैंकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । आइतबारदेखि कारोबार भएको बैंकको शेयरमूल्य आज ३४ रुपियाँ बढेर ३७४ रुपियाँमा अन्तिम कारोबार भएको छ । कर्पोरेट डेभलपमेन्ट बैंक र नेको इन्स्योरेन्सको शेयरमूल्य ७ प्रतिशतभन्दा बढी बढेको छ । कारोबारमा आएका सर्पोट माइक्रोफाइनान्स र स्वाभिमान लघुवित्तको शेयरमूल्य ९ प्रतिशतभन्दा बढी घटेको छ ।


SHARE THIS