आइतबारसम्म नौ लाख ६३ हजार ८६८ वटा आवेदन प-यो महिला लघुवित्तको आईपीओमा, निष्काशन गरेको भन्दा ३९.८३ गुणा बढी

काठमाडौं । महिला लघुवित्त वितीय संस्थाको आईपीओमा करिब साढे १ अर्ब रुपियाँ बराबरको आवेदन परेको छ । आइतबार ५ बजेसम्ममा ९ लाख ६३ हजार ८६८ वटा आवेदनबाट सो बराबरको सेयर माग भएको हो ।

लघुवित्तको सेयर निष्काशन तथा बिक्री प्रबन्धक नेपाल एसबीआई मर्चेन्ट बैकिंग लिमिटेडका अनुसार आईपीओमा १ करोड ४९ लाख ३५ हजार ९७० कित्ता अर्थात १ अर्ब ४९ करोड ३५ लाख ९७ हजार रुपियाँ बराबरको आवेदन परेको छ । उक्त आवेदन सर्वसाधारणका लागि निष्काशन गरेको तीन लाख ७५ हजार कित्ताको ३९.८३ गुणा बढी हुन आउँछ ।

लघुवित्तको ०.५ प्रतिशत अर्थात ५ हजार कित्ता शेयर कर्मचारीहरु र ५ प्रतिशत अर्थात २० हजार कित्ता शेयर सामुहिक लगानी कोषका लागि सुरक्षित गरी बाँकी रहने ३ लाख ७५ हजार कित्ता शेयरमा सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।

लघुवित्तको आईपीओमा प्रतिशेयर १०० रुपियाँका दरले न्यूनतम १० कित्तादेखि त्यसभन्दा बढीको लागि १० अंकले भाग जाने संख्यामा अधिकतम १ हजार कित्तासम्मको लागि आवेदन दिन सकिनेछ ।

नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आश्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरू र मेरो शेयरको वेब तथा एप मार्फत पनि कम्पनीको आईपीओमा आवेदन दिन सकिन्छ।

फागुन ५ गतेसम्ममा आवेदन दिन सकिने लघुवित्तको आईपीओलाई इक्रा नेपालले ‘इक्राएनपी इस्युअर रेटिङ्ग डबल बी’ रेटिङ्ग प्रदान गरेको छ। यसले संस्थाको वित्तीय दायित्व पूरा गर्न सक्ने सम्बन्धमा मध्यम जोखिम रहेको संकेत गर्दछ।


SHARE THIS