कोरोना संक्रमित ९९ पुगे, विश्वमा साढे ३७ लाख संक्रमित


काठमाडौं । एकै दिन १७ जना संक्रमित थपिँदा नेपालमा कोरोना संक्रमितको संख्या ९९ पुगेको छ । जसमध्ये ७१ जना पुरुष र २८ जना महिला छन् । यस अवधिमा २२ जना निको भएर घर फर्केका छन् ।
पछिल्लोपटक पर्साका १७ जनामा कोरोना संक्रमण भेटिएको जानकारी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधवार पत्रकार सम्मेलन गरी दिएको छ ।
पर्सामा भेटिएका १७ संक्रमितमध्ये १० पुरुष र ७ महिला छन् । उनीहरू २ महिनादेखि ६६ वर्ष उमेर समूहका रहेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा। विकास देवकोटाले जानकारी दिनुभयो ।
प्रदेशगत रूपमा प्रदेश १ मा ३१ जना, प्रदेश २ मा ३० जना, बाग्मती प्रदेशमा ७ जना, गण्डकी प्रदेशमा २ जना, प्रदेश ५ मा २४ जना र सुदूरपश्चिम प्रदेशमा ५ जना संक्रमित रहेको देवकोटाले बताउनुभयो । कर्णाली प्रदेशमा भने हालसम्म संक्रमित भेटिएका छैनन् ।
अहिले विश्वमा यही संक्रमणबाट दुई लाख ६३ हजार ८६१ जनाको मृत्यु भएको छ भने १२ लाख ४६ हजार १८४ जना निको भएर घर फर्केका छन् । अहिलेसम्म ३७ लाख ५४ हजार ६५० जना यसका संक्रमित रहेका छन् ।

SHARE THIS