विपत् व्यवस्थापन पत्रकारिता तालिम सम्पन्न


काठमाडौं । पछिल्ला दिनमा देखिएको विषम परिस्थितिलाई मध्यनजर गर्दै पत्रकारहरुले एक साता लामो विपत् व्यवस्थापन तालिम पूरा गरेका छन् ।
कुल ४० जिल्लाका ६२ पत्रकारले लकडाउनको अवस्थामा इन्टरनेट प्रविधिको प्रयोग गरेर बिहीबार एक साता लामो विपत् व्यवस्थापनतालिम पूरा गरेका हुन् ।
नेपाल प्रेस इन्ष्टिच्यूटको आयोजना तथा बेलायतस्थित बर्नमथ युनिभर्सिटीको सहयोगमा सम्पन्न तालिममा विपत्को समयमा पत्रकारले समेट्नुपर्ने विषय र अंगीकार गर्नुपर्ने गाम्भीर्यकाविषयमाविस्तृत छलफल भयो ।
बर्नमथयुनिभर्सिटीका प्रा. आइनार थोरसन र डा. चिण्डु श्रीधरणले स्रोत व्यक्तिका रुपमाछापा, प्रसारण र अनलाइनमाध्यममा सक्रिय नेपालीपत्रकारलाई प्रशिक्षण दिनुभएको थियो । थोरसन बर्नमथयुनिभर्सिटीस्थित मिडिया तथा सञ्चार विभागकाकार्यकारी डीन पनि हुनुहुन्छ ।
प्रेस इन्ष्टिच्यूटका तर्फकाट वरिष्ठ पत्रकार कपिलकाफ्ले, मण्टेश्वरी राजभण्डारी, लक्ष्मण उप्रेती रमोहन नेपालीले सहजीकरण गर्नुभएको थियो । यसैगरी विज्ञ प्रशिक्षक विज्ञान शर्माले पनि सहभागीलाई तालिमदिनुभयो ।
कुल एक सय २८ पत्रकारहरुले तालिमकालागिनिवेदनदिएकोमा ६२ सहभागीलाई मात्र यस पटकका लागि छानिएको थियो । नेपाल प्रेस इन्ष्टिच्यूटका अध्यक्ष नीलकण्ठ उप्रेतीले बिहीबार कार्यक्रमको समापनगर्दै पत्रकारको चाहनालाई सम्मानगर्दै अर्को समूहकालागिपनितालिमदिने तयारी भैरहेको जानकारी दिनुभयो । समापनकै क्रममामहासचिव लक्ष्मण हुमागाईंले लकडाउनका समयमापनि समय निकालेर प्रक्षिणमा सहभागीभएकोमा सम्पूर्ण पत्रकारप्रतिआभार प्रकट गर्नुभयो ।
सहभागीपत्रकारले तालिमको ज्ञानको सदुपयोग गर्दै कोरोनाभाइरसको महामारीलगायतकाविपत्काविषयमाकम्तीमा एक–एक थान समाचार तयार पारेपछि प्रमाणपत्र पाउने व्यवस्था छ ।

SHARE THIS