रावा बैंकद्धारा न्यानो कपडा वितरण


काठमाडौं राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले राजधानीको गौशालास्थित माइती नेपालको संरक्षणमा रहेका महिला तथा बालबालिकाहरुको लागि न्यानो कपडा, गलैंचा आवश्यक विभिन्न सामग्री वितरण गरेको

रावा बैंकको संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तरगत शाखा कार्यालय बौद्ध, गौशाला मैतिदेवीले संयुक्त रुपमा आयोजना गरेको कार्यक्रममा न्यानो कपडा, गलैंचा आवश्यक विभिन्न सामग्रीहरुको सोमबार वितरण गरेको हो

कार्यक्रममा माइती नेपालकी संरक्षक अनुराधा कोइराला, माइती नेपालका अध्यक्ष विश्वराम खड्का, बैंकका ब्रान्च अपरेशन विभागका विभागीय प्रमुख सरोज बस्नेत, शाखा कार्यालय गौशालाका प्रबन्धक बेदप्रसाद खनाल, शाखा कार्यालय मैतिदेवीका प्रबन्धक कपिल कार्की शाखा कार्यालय बौद्धका प्रबन्धक सुरेश सापकोटालगायत माइती नेपालका संरक्षणमा रहेका महिला तथा बालबालिकाहरुको उपस्थिति रहेको थियो कार्यक्रममा माइती नेपालकी संरक्षक अनुराधा कोइरालाले बैंकले गरेको सहयोगको लागि धन्यवाद दिदै यस्ता सहयोगी कार्यहरुको संधै स्मरण गरिने बताउनुभयो


SHARE THIS