काठमाडौं । अर्थमन्त्री
डा. युवराज खतिवडाले
साना, घरेलु तथा
मझौला उद्योगहरुमा लगानी
बढाउन बैंक तथा
वित्तीय संस्थालाई सुझाव दिनुभएको
छ ।
समृद्धि फाउण्डेशन र मेनोनाइट
आर्थिक विकास एसोसिएट्स(मेडा)
द्वारा सोमबार राजधानीमा आयोजना
गरेको ‘दिगो विकास
लक्ष्य प्राप्तिका लागि विकासका
माध्यमः मिश्रित अर्थव्यवस्था र
लैंगिकमैत्री लगानी’ विषयक
कार्यशाला गोष्ठीको उद्घाटन गर्दै
उहाँले भन्नुभयो – ‘अहिले बैंकबाट
ठूला उद्योगमा तथा
सहकारीबाट साना व्यवसायमा
लगानी भएको अवस्था
छ, उद्योग क्षेत्रको
समावेशी विकासका लागि यसमा
सुधार गरी घरेलु
तथा मझौला उद्योग
व्यवसायमा सरल र
सहजरूपमा कर्जा प्रवाह गर्न
वित्तीय संस्थाले ध्यान पु¥याउनुपर्छ ।’
मुलुकको विकास र समृद्धिका
लागि साना तथा
लघु, घरेलु उद्योग
क्षेत्रमा पनि समावेशी
लगानी आवश्यक रहेको
बताउँदै उहाँले अर्थतन्त्रमा ठूलो
योगदान पु¥याउँदै
आएका साना तथा
घरेलु उद्योगहरुको प्रवद्र्घनका
लागि यस्ता उद्योगहरुको
उत्पादन लागत घटाउन
प्रविधि सहयोग आवश्यक रहेको
उहाँले बताउनुभयो ।
मुलुकमा सञ्चालित साना तथा
मझौला उद्योगहरुले उत्पादक
र उद्यमी नागरिक
निर्माणका लागि पूर्वाधार
विकासमा सघाउने वातावरण निर्माण
गर्नुपर्ने आवश्यकता औंल्याउँदै उहाँले
बेरोजगारी समस्या समाधान र
कृषिजन्य उत्पादनको उचित उपयोग
गर्ने माध्यम भनेकै
साना उद्योग भएको
बताउनुभयो ।
स्थानीय कच्चा पदार्थमा आधारित
साना उद्योग नै
मुलुकको अर्थतन्त्रको मेरूदण्ड भएको भन्दै
यस्ता उद्योगहरूको संरक्षण
र प्रवद्र्घनमा सरकार
प्राथमिकताका साथ लागिरहेको
उहाँले बताउनुभयो ।
साना, घरेलु तथा मझौला
उद्योगहरुमा लगानी बढाउन बैंक
तथा वित्तीय संस्थालाई
सुझाव दिंदै उहाँले
भन्नुभयो – ‘अहिले बैंकबाट ठूला
उद्योगमा तथा सहकारीबाट
साना व्यवसायमा लगानी
भएको अवस्था छ,
उद्योग क्षेत्रको समावेशी विकासका
लागि यसमा सुधार
गरी घरेलु तथा
मझौला उद्योग व्यवसायमा
सरल र सहजरूपमा
कर्जा प्रवाह गर्न
वित्तीय संस्थाले ध्यान पु¥याउनुपर्छ ।’
समावेशी आर्थिक विकासका लागि
उत्पादनका साधनहरुमाथि सबैको पहँच
समान हुनुपर्ने भन्दै
उहाँले भूमी, पूँजी र
प्रविधिको वितरणमा समान पहुँच
नभए मुलुकमा आर्थिक
विकास सम्भव नभएको
र त्यसका लागि
संघीयता कार्यान्यवनमा आएको बताउनुभयो
।
संघीय संरचनाको माध्यमबाट समावेशी
विकासको परिकल्पना गरिएकाले वित्तीय
समावेसीकरणमा सरकारले ध्यान दिएको
भन्दै उहाँले गाउँगाउँमा
समतामुलक विकासका लागि स्थानीय
तहले बजेट विनियोजन
गर्ने र समान
रुपले विकास हुने
बताउनुभयो । त्यसका
लागि सरकारले उत्पादनका
साधान र स्रोतको
समान वितरणमा जोड
दिएको उहाँले बताउनुभयोे
।
आर्थिक विकास समावेशी हुनका
लागि आर्थिक वृद्धि
समावेशी हुनुपर्ने र आर्थिक
वृद्धि समावेशी बनाउनका लागि
उत्पादनका साधनमाथि समावेशी पहुँचको
सुनिश्चितता हुनुपर्नेमा अर्थमन्त्री डा.
खतिवडाको जोड थियो
।
समावेशी विकासका लागि सबै
वर्ग र समुदायको
संलग्नतामा अर्थपूर्ण साझा प्रयास
आवश्यक रहेकोमा जोड दिंदै
उहाँले मुलुकको अर्थतन्त्रका मुख्य
तीन खम्बा सरकार,
निजी क्षेत्र र
सहकारी क्षेत्रले समावेशी विकासका
लागि एकाकार भएर
काम गर्नुपर्ने आवश्यकता
औंल्याउनुभयो ।
सरोकारवालाबीच
पर्याप्त छलफल नभई
अघि बढाइएका विकासका
आयोजनाप्रति नागरिकबाट प्रश्न उठ्ने
सम्भावना रहने भन्दै
उहाँले समावेशी विकासका माध्यमबाट
मात्रै आर्थिक समृद्धि हासिल
गर्नुपर्छ भनेर सरकारले
त्यसैअनुरूपको नीति तर्जुमा
गरेको बताउनुभयो ।
त्यसका लागि उपलब्ध
स्रोतसाधन साझा प्रयासमा
परिचालन हुनुपर्ने उहाँको भनाई
थियो ।
नेपालको सहकारीलगायत वित्तीय क्षेत्रमा
महिलाको सहभागिता उत्साहजनक नै
रहेको उल्लेख गर्दै
उहाँले नयाँ प्रविधिको
प्रयोगमार्फत आफ्ना उत्पादनलाई गुणस्तरीय
बनाउनेतर्फ महिला उद्यमीले ध्यान
पु¥याउनुपर्ने बताउनुभयो
।
तत्कालै जनताको आवश्यता पूरा
गर्ने उत्पादन बढाउँदै
मूल्य पनि बढ्न
नदिने र दीर्घकालीन
विकास गर्नुपर्ने, लगानीबाट
उच्च प्रतिफल लिन
गुणस्तरमा सुधार गर्नुपर्ने तथा
कामका अवसर सिर्जना
गर्नुपर्ने आवश्यकता औंल्याउँदै स्वरोजगारी
र ज्यालाको रोजगारी
सिर्जना गरेर क्रमशः
वैदेशिक रोजगारीमा जानुपर्ने अवस्था
कम गर्दै लैजाने
उहाँले बताउनुभयो ।
उद्घाटन समारोहमा मेडा अन्तरगत
विश्वव्यापी कार्यक्रमका वरिष्ठ निर्देशक
काटिय टर्नरले मिश्रित
अर्थव्यवस्था र लैंगिकमैत्री
लगानीका सफलताका प्रमाणहरुको चर्चा
गर्दै महिलाद्घारा सञ्चालित
साना उद्योगहरुको प्रवद्र्घनमा
जोड दिनुभयो ।
पछिल्लो समय साना
उद्योग र व्यवसायमा
बढ्दै गइरहेको महिलाहरुको
संख्यालाई मध्यनजर गर्दै आवश्यक
सम्बोधन गर्न सके
दिगो विकास लक्ष्य
प्राप्तिमा समेत सघाउ
पुग्ने उहाँको भनाई थियो
।
समृद्धि फाउण्डेशनले विकासका अभ्यासकर्ता र वाणिज्य क्षेत्रका लगानीकर्ताको सहकार्यमा विकास र समृद्धिका लागि बाधकका रूपमा देखिएको लैङ्गिक असन्तुलनलाई न्यूनीकरण गर्दै अघि बढने प्रोत्साहन गर्ने उद्देश्यले आयोजना गरेको सो कार्यक्रम मङ्गलबारसम्म चल्नेछ ।