इजाजतपत्र नवीकरण नगर्ने दुई मनी एक्सचेञ्जको लाइसेन्स खारेज

काठमाडौँ । इजाजतपत्र नवीकरण नगर्ने मनी एक्सचेञ्ज कम्पनीको लाइसेन्स खारेज गरिएको छ । नेपाल राष्ट्र बैंकको विदेशी विनिमय व्यवस्थापन विभागले बिहीबार एक सूचना जारी गर्दै दुई मनी एक्सचेञ्ज कम्पनीको इजाजत खारेज गरेको जनाएको छ ।

ठमेलमा रहेको रेन्बो मनी एक्सचेञ्ज र ललितपुरको पुल्चोकमा रहेको कसा मनी एक्सचेञ्जको इजाजतपत्र खारेज गरेको राष्ट्र बैंकले जनाएको छ ।

यी दुबै कम्पनीले इजाजतपत्र नवीकरण नगरेको कारण इजाजतपत्र खारेज गरेको राष्ट्र बैंकले जानकारी गराएको छ ।

राष्ट्र बैंकबाट मनिचेञ्जर कारोबार गर्न इजाजतपत्रप्राप्त गरेका यी मनिचेञ्जरहरूको राष्ट्र बैंक, मनिचेञ्जर इजाजतपत्र तथा निरीक्षण विनियमाबली, २०७७ (चौथो संशोधनसहित) को विनियम १९ को उप–विनियम (३) मा भएको व्यवस्थाबमोजिम तोकिएको समयमा नवीकरण नगरेकाले इजाजतपत्र रद्द गर्ने निर्णय भएको राष्ट्र बैंकले जारी गरेको सूचनामा उल्लेख छ ।


SHARE THIS