ग्लोबल आइएमइको सहयोग


काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत मेरुदण्डीय पक्षघात समुह नेपाललाई तीन लाख रुपियाँ सहयोग गरेको छ ।
आइतबार आयोजित एक कार्यक्रममा बैंकका नायब महाप्रबन्धक सुरेन्द्रराज रेग्मीले मेरुदण्डीय पक्षघात समुह नेपालका अध्यक्ष ऋषिराम ढकाललाई तीन लाख रुपियाँको चेक हस्तान्तरण गर्नुभयो ।
ग्लोबल आइएमई बैंकले स्थापनाकालदेखि नै सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राखेर विभिन्न सामाजिक कार्यहरु गर्दै आएको जनाएको छ ।


SHARE THIS