सेयर बजारमा सामान्य अंकको बृद्धि, कारोबार १८ अर्बमा सीमित

काठमाडौँ । चाडपर्वपछि खुलेको सेयर बजार सुस्ताएको छ । अघिल्लो साताको अन्तिम दिन गिरावट आएर बन्द भएको बजार यो साता दुई दिन विदापछि खुलेको हो । बुधबार सेयर बजारमापक नेप्से परिसूचक दुई अंकको बृद्धिमा सीमित भएको छ भने कारोबार रकममा पनि अघिल्ला दिनको तुलनामा संकुचन आएको छ ।

बुधबार नेप्से २.११ अङ्कले उकालो लागेर २९६८.४४ को विन्दुमा पुगेर रोकिएको छ । सेन्सेटिभ इन्डेक्स पनि १.२५ अङ्कले उकालो लागेर ५३०.११ को विन्दुमा पुगेर रोकिएको छ । समग्रमा साताको दोस्रो कारोबार दिनको नेप्से ०.०७ प्रतिशतले उकालो लागेको छ भने सेन्सेटिभ इन्डेक्स ०.२३ प्रतिशतले उकालो लागेको छ ।

बुधबार ३३७ कम्पनीको चार करोड १४ लाख ५४ हजार ६११ कित्ता सेयर दुई लाख १४ हजार ३१९ पटक खरिद बिव्रmी हुँदा १८ अर्ब ९० करोड ६३ लाख ७३ हजार ७९२ रुपियाँ बराबरको सेयर कारोबार भएको छ । जुन अघिल्लो दिनको तुलनामा नौ अर्ब ९३ करोड रुपियाँले कमी हो ।

दोस्रो दिन ६६ करोड दुई लाख ३९ हजार ५७३ रुपियाँ बराबरको सेयर कारोबार भएर हिमालयन रिइन्स्योरेन्सको सर्वाधिक कारोबार भएको छ । अपी पावर कम्पनीको ४५ करोड ७८ लाख १८ हजार २८६ रुपियाँ बराबरको सेयर कारोबार भएको छ ।

सोमबारको सेयर बजारमा कारोबारमा आएका बैंकिङ, विकास बैंक, फाइनान्स, लगानी, र अन्य बाहेक बाँकी आठ उपसमूहको परिसूचक ओरालो लागेको छ । फाइनान्स उपसमूहको परिसूचक सर्वाधिक ४.९९ प्रतिशतले उकालो लागेको छ भने व्यापार समूह सर्वाधिक २.०९ प्रतिशतले ओरालो लागेको छ ।


उद्यमशीलता विकास गर्न युथ कन्क्लेभ

गोरखापत्र समाचारदाता

काठमाडौँ, भदौ ५ गते

युवामा उद्यमशीलता विकास, युवाको नेतृत्व, व्यवस्थापन र औद्योगिक सीप विकासमा सहयोग पु¥याउने उद्देश्यले शनिबार राजधानीमा ‘काठमाडौँ युथ कन्क्लेभ २०२४’ आयोजना गरिने भएको छ ।

युवाहरूलाई जोड्न र आवश्यक नेतृत्व, उद्यमशीलता विकास, व्यवस्थापकीय र औद्योगिक सीपहरूद्वारा सशक्त बनाउनको लागि एक आदर्श प्लेटफर्मको रूपमा कन्क्लेभले कार्य गर्ने आयोजकको अपेक्षा रहेको  छ ।

युनिभर्सल कलेज र फोनेक्श कलेज अफ म्यानेजमेन्टको संयुक्त आयोजनामा हुने कन्क्लेभले युवालाई उद्यमशीलता, नेतृत्व विकास, नेपालमा अवसर सिर्जना गर्ने, बौद्धिक पलायन रोक्ने र केही हदसम्म प्राज्ञिक विकासमा सहयोग पुग्ने कन्क्लेभका संयोजक राजु टण्डनले जानकारी दिनुभयो ।

विद्यार्थीहरूलाई सही करियरको बाटो खोज्न मद्दत गर्ने, आशाजनक स्टार्टअप उद्यमहरूलाई प्रवद्र्धन गर्ने, सामाजिक संलग्नता र पहुँचलाई प्रोत्साहन गर्ने, परम्परागत शैक्षिक प्रणालीमा आवश्यक परिवर्तनहरू ल्याउने, सेलिब्रेटीहरू र सरोकारवालाहरूलाई फराकिलो युवा स्रोताहरूसँग जोड्ने युथ कन्क्लेभको प्रमुख उद्देश्य रहेको छ ।

राजधानीको कमलादीस्थित नेपाल प्रज्ञा–प्रतिष्ठानको सभाहलमा शनिबार बिहान १० बजे सुरू हुने कार्यक्रममा नेपालका प्रधानमन्त्री केपी शर्मा ओली प्रमुख अतिथिको रूपमा उपस्थित हुने आयोजक पक्षले जनाएको  छ ।

भुक्तानी सेवा प्रदायक कम्पनी इसेवाको शीर्ष प्रायोजनमा करिब पाँच हजार विद्यार्थी सहभागी हुने उक्त कार्यक्रम कलेजद्वारा आयोजित सबैभन्दा ठूलो नेतृत्व मञ्च हुने आयोजकको अपेक्षा रहेको छ । विद्यार्थीलाई सही दिशानिर्देश गर्न, सामाजिक संलग्नतामा उत्प्रेरित गर्न र परम्परागत शिक्षण विधिमा आवश्यक परिवर्तन ल्याउन कन्क्लेभ सहयोगी बन्ने उहाँले बताउनुभयो ।

युवा विद्यार्थीहरूलाई उत्प्रेरित र प्रेरित गर्ने कार्यक्रम केवाइसी कन्क्लेभमा काठमाडौँ उपत्यकासहित देशका मुख्य शहरबाट पनि विद्यार्थीले सहभागिता जनाउने भएका छन् । परम्परागत शिक्षण विधिमा आवश्यक परिवर्तन ल्याउँदै नयाँ विधिको प्रवद्र्धन गर्ने कार्यक्रमको उद्देश्य हो । यस्तै युवा विद्याथीहरुलाई पढाइका साथै उद्यमशीलता र व्यवसायिक विकासमा सघाउने तथा विभिन्न सेलिब्रेटी र अन्य विशिष्ट व्यक्तिको ज्ञान र अनुभवलाई युवावर्गसँग जोड्ने लक्ष्य कार्यक्रमको रहेको छ ।


SHARE THIS