काठमाडौँ । नेपाल राष्ट्र बैंकले विभिन्न पाँच रेमिट्यान्स कम्पनीको अनुमतिपत्र (लाइसेन्स) खारेज गरेको छ । राष्ट्र बैंकले एक सूचना जारी गर्दै राम्रो रेमिट, ग्लोबल माउन्टेन रेमिट, संसार रेमिट, ललित मनी ट्रान्सफर र माक्स मनी ट्रान्सफरको लाइसेन्स स्वतः खारेज भएको जनाएको छ ।
यी कम्पनीहरुको नेपाल राष्ट्र बैंक विप्रेषण विनियमावली २०७९ (प्रथम संसोधनसहित) को विनियम १३ को उप – विनियम (१०) को खण्ड (ङ) र सोही विनियमको उप–विनियम (११) को खण्ड (क) र (ग) बमोजिम स्वतः खारेज भएको राष्ट्र बैंकले जनाएको छ ।
यस्तै राष्ट्र बैंकले उक्त विप्रेषण कम्पनीहरुसँग कोही कसैको लेनदेन वा हिसाव भए आगामी ३५ दिनभित्र राष्ट्र बैंकमा जानकारी दिन आग्रह गरेको छ ।