देशको आर्थिक विकासका लागि ग्रील तथा स्टीलजन्य व्यवसाय अपरिहार्य : पर्यटन मन्त्री तामाङ

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री हित बहादुर तामाङले देशको आर्थिक विकासका लागि ग्रील तथा स्टीलजन्य व्यवसाय अपरिहार्य भएको बताउनुभएको छ । विभिन्न परियोजना र पूर्वाधार निर्माणसँग प्रत्यक्ष जोडिएको ग्रील तथा स्टीलजन्य व्यवसायको प्रवद्र्धन गर्न सकेमात्रै देशको आर्थिक विकासमा योगदान पुग्न सक्ने उहाँको भनाई थियो ।

ग्रील तथा स्टील ब्यवसायी महासंघ नेपालको २९ औं स्थापना दिवसको अवसरमा राजधानीमा आयोजित कार्यक्रममा उहाँले पूर्वाधारको विकास नभएसम्म देशको आर्थिक विकास नहुने भन्दै ग्रील तथा स्टील उद्योगहरुको संरक्षण र प्रवद्र्धनका लागि सरकार प्रतिवद्ध रहेको स्पष्ट पार्नुभयो ।

आधुनिक निर्माण व्यवसाय अगाडि बढ्छ त्यति नै यो क्षेत्रको जिम्मेवारी बढ्ने भन्दै मन्त्री तामाङले भन्नुभयो – “दिनदिनै शहरीकरण बढ्दो छ आधुनिक भवन र पूर्वाधार निर्माण कार्य तीब्र रुपमा भइरहेको छ । पूर्वाधार निर्माणसँग प्रत्यक्ष जोडिएको ग्रील तथा स्टील उद्योगहरुको भविष्य उज्जवल छ ।  निराश र विचलित नभइ अगाडि बढ्नुस यो व्यवसायको भविष्य उज्जवल छ ।”

ग्रील तथा स्टील उद्योग र व्यवसायीहरुको हितको लागि आगामी नीति तथा कार्यक्रम र बजेटमा कार्यक्रमहरु कसरी समावेश गर्न सकिन्छ भन्ने बारेमा सम्बन्धित विभागीय मन्त्रीहरुसँग छलफल गरि समस्या समाधानको बाटो खोज्न आफुले पहल गर्ने उहाँले बताउनुभयो ।

मन्त्री तामाङले लाखौं श्रमशक्तिलाई नेपालमै राखेर यो व्यवसायले देशलाई योगदान दिएकोले राज्यले पनि यो व्यवसायप्रति गम्भिर भएर सोच्नुपर्ने बताउनुभयो ।

राष्ट्रिय सभा सदस्य श्रीकृष्ण अधिकारीले यो देशमा केहि गर्न सकिदैन भन्ने भाष्य निर्माण गरेर देशलाई असफल राष्ट्र बनाउन लागि परेका दलालहरुलाई समेत माथ खुवाउँदै यहि देशमा भविश्य देखेर पुँजी संगै श्रमको समेत लगानी गरेका ग्रील तथा स्टील ब्यवसायीहरुको पिर मर्काको बारेमा आफुले सम्बन्धित ठाउँमा कुरा उठाउने बताउनुभयो ।

महासंघका अध्यक्ष ठुलोबाबु श्रेष्ठले व्यवसायीहरुका तर्फबाट गर्नुपर्ने सुधारहरु तथा मापदण्ड पु¥याउँदा पनि नेपाल सरकारले व्यवसाय दर्ता गर्न आनकान गर्न थालेपछि त्यसको कानुनी तथा व्यवहारीक उपचारको खोजि किन नगर्ने भन्दै प्रधानमन्त्री, सभामुख, अर्थमन्त्री, उद्योगमन्त्री, उर्जा तथा जलश्रोत मन्त्रीलगायतसँग भेटघाट गरि सात बुँदै ज्ञापन पत्र समेत बुझाएको बताउनु भयो ।

ग्रील तथा स्टील व्यवसाय हरेक हिसाबले जोखिमयुक्त व्यवसाय भएकोले कर्मचारीको दक्षताको आधारमा श्रम ऐन बमोजिम सेवा सुविधा सहितको कर्मचारी नियुक्ति, कम्पनी ऐन र नियम बमोजिम जीवन बीमा, म्यादि बीमा, स्वास्थ्य बीमा, मुल्यमा एकरुपता र अन्य आधरभुत कुरा, उत्पादनबाट हुने खुद मुनाफाबाट गर्नुपर्ने सामाजिक उत्तरदायीत्वलाई समेत संस्थागत गर्दै लैजाने बिषयमा महासंघले सम्बन्धित सरकारी निकायसँगको सहकार्यमा कार्यक्रहरु बनाउने तथा यसैवर्ष मुल्य सुची प्रकाशन गरि आम व्यवसायीहरुको व्यवसायमा पु¥याउने कार्य भइरहेको बताउनुभयो ।

महासंघको नेतृत्व सफल हुनु भनेको आम व्यवसायी तथा संगठनका सबै पदाधिकारीहरु सफल हुनु भएको भन्दै यसलाई मनन गरेर सामुहिक नेतृत्वको विकास गर्ने तथा प्रभावशाली उत्तराधिकारी उत्पादन गर्ने कुरामा कहि कतै कुनै कसुर बाँकी नराख्ने प्रतिबद्धता उहाँले जाहेर गर्नुभयो ।

कार्यक्रममा राष्ट्रियसभा सदस्य श्रीकृष्ण अधिकारी, ग्रील तथा स्टील व्यवसायी महासंघ नेपालका निवर्तमान अध्यक्ष मोहन कटुवाल, सामुदायिक सेवा केन्द्र चाबहिलका उपाध्यक्ष तथा सिन्धुपाल्चोक काठमाडौं सम्पर्क समन्वय समितिका इन्चार्ज महेन्द्र घोरासैनी, महासंघका निवर्तमान वरिष्ठ उपाध्यक्ष तथा सल्लाहकार निरन्जन कुमार श्रेष्ठ, निरन्जन कुमार श्रेष्ठ सल्लाहकार नारायण श्रेष्ठ, हरि बहादुर श्रेष्ठ, देवराज बस्नेत, महासंघका वरिष्ठ उपाध्यक्ष अमृत बहादुर श्रेष्ठ, प्रथम उपाध्यक्ष केदार अधिकारी, महासचिव विवेकदास श्रेष्ठ, उपाध्यक्ष तथा गण्डकी प्रदेश संयोजक रण बहादुर बि.क, क्षेत्रिय समितिको तर्फबाट काठमाडौं पश्चिम क्षेत्रिय अध्यक्ष शैलेस ठकुरी तथा काठमाडौं जिल्लाका अध्यक्ष सुनिलकुमार अमात्य ललितपुर जिल्लाका अध्यक्ष भागवत सुवेदीलगायतले बोल्नुभएको थियो ।


SHARE THIS