जापानी हिरोकाजुको समाजसेवा मोह

काठमाडौं । जापानी नागरिक हिरोकाजु चुनोदा कात्तिक महिनादेखि नेपालमा हुनुहुन्छ । जब जाजरकोटलगायतका केही जिल्लामा भूकम्प र त्यसको क्षतिको समाचार इन्टरनेटमा फैलियो । अनि हिरोकाजु चुनोदा नेपाल आइपुग्नुभयो र आफुले सक्दो सहयोग गर्न थाल्नुभयो ।

सेवा गर्दा आनन्दको महसुस हुने बताउने हिरोकाजुले तीस थान ब्ल्याङ्केट, सेनेटरी प्याडलगायतका सामग्री हस्तान्तरण गर्नुभयो । नेपालमा २०७२ सालमा गएको विनाशकारी भूकम्पका बेलामा पनि उनी नेपालमै आएर सहयोग गर्नुभएको थियो । जापानले पनि सुनामी र  त्यसको क्षति व्यहोरेको स्मरण गर्दै हिरोकाजु भन्नुहुन्छ – “त्यो बेला म आफै सुनामीको कारण पीडित बनेको थिए । त्यतिबेला देखें सहयोग सबैको चाहिँदोरहेछ । फेरी नेपालमा केही हुँदा आउन मन लागिहाल्छ ।”

त्यतिमात्रै हो र मानव सेवा आश्रममा खाद्यान्न पु-याउने, बनेपामा रहेको कटेज बालबालिकाहरुको लागि सहयोग गर्ने हिरोकाजुको अहिलेको दैनिकी बनेको छ । हिरोकाजुलाई सघाउँदै आउनुभएकी नेपाल घरेलु तथा साना उद्योग महासंघअन्तरगतको महिला उद्यमी समितिका कोषाध्यक्ष मिना लामा हिरोकाजुको नेपालप्रतिको सदभाव उच्च रहेको बताउनुहुन्छ । हिरोकाजुको समाजसेवा कमलाई उद्यमी मिना लामाले सघाउँदै आउनुभएको छ ।


SHARE THIS