बीमालाई नयाँ उचाइमा पु-याउन सर्भेयरको भूमिका अर्थपूर्ण मानिन्छ : अर्थमन्त्री महत

काठमाडौं । अर्थमन्त्री डा प्रकाशशरण महतले बीमा सर्भेयरको भूमिका महत्वपूर्ण रहेको बताउनुभएको छ । बीमा सर्भेयर संघ नेपालले राजधानीमा आयोजना गरेको निसा संस्थापक सदस्य सम्मान (निसा दिवस) कार्यक्रममा उहाँले जोखिम न्यूनीकरण गर्नका लागि यसको आवश्यकता अर्थपूर्ण रहेको बताउनुभयो ।

“सुरुआत धेरै अगाडिदेखि भए पनि नेपालका लागि बीमा आम विषय बनिसकेको छैन । जोखिम न्यूनीकरणका लागि यसको आवश्यकता छ भन्ने धारणा अझै विकसित भइसकेको छैन”, डा महतले भन्नुभयो, “मलाई समस्या आउँदैन, किन बीमामा सहभागी हुने भन्ने धारणा अधिकांशमा छ ।” अहिले मानिसमा बीमा गर्नुका फाइदाका बारेमा जानकारी दिँदै बीमा सचेतना जगाउनु आवश्यकता रहेको उहाँको भनाइ थियो ।

मन्त्री डा महतले भन्नुभयो, “जीवन होस् वा निर्जिवन जोखिममा पर्यो भने झमेला हुँदैन । यो विश्वास दिलाउनुपर्छ ।” जीवनमा हरेकलाई समस्या आई पर्नसक्ने भएकाले अहिले केही योगदान दिएर भोलि आइ पर्नसक्ने ठूलो जोखिमको निवारण बीमाबाट हुन्छ भन्ने सचेतना जगाउनुपर्ने उहाँले बताउनुभयो ।

“जसले बीमा गरिसकेको छ, आपत पर्दा बीमा कम्पनीहरूले बीमाबापतको रकम दिन आनाकानी गर्नु हँुदैन । यसले गर्दा सम्भावित बिमितमा सकारात्मक सन्देश जान्छ र उनीहरू पनि बीमा गर्न तयार हुन्छन्”, मन्त्री डा महतले भन्नुभयो । बीमामा जोडिएका सबै र नियमक निकाय तथा प्राधिकरणले बीमा विस्तारमा भएका अवरोध हटाउँदै काम गर्ने तरिकामा परिवर्तन गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । यस सन्दर्भमा देखिएका विद्यमान समस्या पहिचान गरी समाधानका उपाय खोज्नुपर्ने मन्त्री डा महतको भनाइ थियो । उहाँले बीमा कम्पनीले व्यवसायिकतालाई मध्यनजर गर्दै काम गर्नुपर्ने बताउनुभयो ।

“बीमा कम्पनीले रकम लिने बेला विज्ञापन गर्ने, स्रोत जम्मा गर्ने र दिनुपर्यो भने अनेकौँ झमेला र बहाना झिक्ने गरेको सुन्निछ । यस्तो अस्थामा बीमा सर्भेयरको भूमिका महत्वपूर्ण हुन्छ । बीमा कम्पनी र बिमित व्यक्तिको बीचमा बसेर सर्भेयरले काम गरिदियो भने प्रभावकारी हुन्छ”, मन्त्री डा महतले भन्नुभयो, “बीमा सर्भेयरले कुनै प्रभावमा नपरी जे यथार्थ हो, त्यो राखेर समस्या समाधान गर्नुपर्छ । यसरी काम गर्न सकियो भने बीमालाई नयाँ उचाइमा पु¥याउन सर्भेयरको भूमिका अर्थपूर्ण मानिन्छ ।”

कार्यक्रममा नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले बीमा कम्पनी र बीमा सर्भेयर एक अर्काका परिपूरक भएको भन्दै दुबै संस्थाले सानातिना समस्याहरू समाधान गर्दै विश्वसनीय ढङ्गले काम गर्नुपर्ने बताउनुभयो ।

बीमा गरिएका सम्पत्तिको क्षतिको प्रतिवेदन तयार गर्दा कुनै पनि बहानाबाजी नगरी मर्का परेका व्यक्तिले जे दिन्छन् त्यसैलाई आधार मानेर प्रतिवेदन तयार गरी समयमा नै पेश गर्नुपर्नेमा जोड दिँदै अध्यक्ष सिलवालले भन्नुभयो – “बीमा सर्भेयरको विज्ञताका आधारमा कामको बाँडफाँड हुनुपर्छ, बीमक संघ र सर्भेयरबीचको समझदारी गरेर अन्तर्राष्ट्रिय अभ्यास समेतका आधारमा सर्भेयरको फि तय गर्नुपर्छ, विश्वसनीयताका लागि सर्भेयरको व्यवस्था गरिएको विषयलाई बीमकहरूले बुझ्नुपर्छ ।”

“संघले नयाँ काम गर्नुप¥यो, सर्भेयरका लागि तालिम आयोजना गर्नुप¥यो, गुणस्तरीय सेवा दिनेतर्फ ध्यान दिनुप¥यो, कुन बीमा कम्पनीले कति सर्भेयरलाई कति काम दिएको छ, त्यो थाहा हुनेगरी डिजिटल फ्रेमवर्कमा जोडिनुप¥यो, बीमक र सर्भेयरको कारणले दाबी फछ्र्यौटमा ढिलाई भयो भन्ने गुनासा आउनुभएन ।”

नेपाल बीमा सर्भेयर संघका अध्यक्ष मोहन पुरूष ढकालले संघले नराम्रा साथीहरुलाई सुधार्ने र राम्रा साथीहरुलाई प्रोत्साहन गर्ने गरेको बताउनुभयो । सर्भेयरलाई काम लगाइसकेपछि समयमा भुक्तानी दिन आग्रह गर्दै उहाँले भन्नुभयो – “नराम्रो काम गर्नेलाई सम्झाइदिनुस र राम्रो काम गर्नेलाई स्यावास भन्दिनुस ।”

संस्थापक सर्भेयरहरु सम्मानित

कार्यक्रममा नेपाल बीमा सर्भेयर संघको स्थापनादेखि सक्रिय रहेका संस्थापक सदस्यहरुलाई सम्मान गरिएको थियो ।

सम्मानित हुनेहरुमा वर्तमान अध्यक्ष मोहनपुरुष ढकाल, पवित्रविक्रम राणा, शिवाश्चन साखओमप्रकाश राठीलगायत १६ जना हुनुहुन्छ ।

सम्मानित हुने सबैलाई अर्थमन्त्री डा प्रकाशशरण महतले दोसल्ला ओढाइ नगद तथा ताम्रपत्रले सम्मान गर्नुभएको थियो ।


SHARE THIS