रुपन्देहीको कर्जा हिस्सा धेरै, रुकुम पूर्व जिल्लाको हिस्सा सर्वाधिक कम

झरना अधिकारी

लुम्बिनी प्रदेशअन्तरगतका जिल्लाहरुको कुल कर्जाको अवस्था तुलना गर्दा आर्थिक वर्ष २०७९/८० मा रुपन्देही जिल्लाको हिस्सा सबैभन्दा धेरै ४९.२१ प्रतिशत रहेको छ भने रुकुम पूर्व जिल्लाको हिस्सा सबैभन्दा कम ०.१६ प्रतिशत रहेको छ ।

त्यसैगरी, समीक्षा वर्षमा कर्जा/निक्षेप अनुपात सबैभन्दा धेरै १५४.३९ प्रतिशत बाँके जिल्लामा रहेको छ भने सबैभन्दा कम १७.६५ प्रतिशत अर्घाखाँची जिल्लामा रहेको छ । समीक्षा वर्षमा बैंक तथा वित्तीय संस्थाहरुका लुम्बिनी प्रदेशमा ऋणीहरुको सङ्ख्या गत वर्षको तुलनामा ७.५७ प्रतिशतले ¥हास भई दुई लाख ९४ हजार ४९२ पुगेको छ ।

विपन्न वर्ग कर्जा समीक्षा वर्षमा बैंक तथा वित्तीय संस्थाहरुले लुम्बिनी प्रदेशमा प्रवाह गरेको विपन्न वर्ग कर्जा गत वर्षको तुलनामा ०.९० प्रतिशतले ¥हास भई ४२ अर्ब पाँच करोड २९ लाख पुगेको छ । गत वर्ष यस्तो कर्जा २९.०१ प्रतिशतले बृद्धि भएको थियो ।

समीक्षा वर्षमा लुम्बिनी प्रदेशको कुल कर्जामा विपन्न वर्ग कर्जाको ७.५९ प्रतिशत हिस्सा रहेको छ । सहुलियतपूर्ण कर्जा समीक्षा वर्षमा बैंक तथा वित्तीय संस्थाहरुले लुम्बिनी प्रदेशमा प्रवाह गरेको सहुलियतपूर्ण कर्जा गत वर्षको तुलनामा १०.५४ प्रतिशतले ¥हास भई २९ अर्ब ८४ करोड ३३ लाख पुगेको छ ।

रुपन्देहीमा बढी बैंकका शाखा

चालु आर्थिक वर्षको असार मसान्तसम्ममा लुम्बिनी प्रदेशमा क वर्गका ७४८, ख वर्गका २५७, ग वर्गका ४६ र घ वर्गका ११६२ गरी जम्मा २२१३ वटा बैंक तथा वित्तीय संस्थाहरुको शाखा सञ्चालनमा रहेका छन् ।

यसमध्ये रुपन्देही जिल्लामा सबैभन्दा बढी ५५३ वटा र रुकुम पूर्व जिल्लामा सबैभन्दा कम १७ वटा शाखाहरु सञ्चालनमा रहेका छन् । त्यसैगरी, दाङ, बाँके, कपिलवस्तु, बर्दिया, नवलपरासी, पाल्पा, गुल्मी, प्यूठान, अर्घाखाँची र रोल्पामा क्रमश ३०२, २५७, २२८, २२५, १८५, १२६, ११४, ७७, ६८ र ६१ वटा शाखाहरु रहेका छन् ।

कुल निक्षेप १८.६६ प्रतिशतले बृद्धि

नेपाल राष्ट्र बैंकले तयार गरेको आर्थिक वर्ष २०७९/८० को प्रादेशिक आर्थिक गतिविधि अध्ययन (लुम्बिनी प्रदेश) वार्षिक प्रतिवेदनका अनुसार समीक्षा वर्षमा बैंक तथा वित्तीय संस्थाहरुले लुम्बिनी प्रदेशबाट संकलन गरेको कुल निक्षेप गत वर्षको तुलनामा १८.६६ प्रतिशतले बृद्धि भई पाँच खर्ब छ अर्ब ९६ करोड तीन लाख पुगेको छ ।

जिल्लाहरुको कुल निक्षेपको अवस्था तुलना गर्दा समीक्षा वर्षमा रुपन्देही जिल्लाको हिस्सा सबैभन्दा धेरै ४३.३३ प्रतिशत रहेको छ भने रुकुम पूर्व जिल्लाको हिस्सा सबैभन्दा कम ०.२९ प्रतिशत रहेको छ । त्यसैगरी, कुल निक्षेपमा बाँके, दाङ, कपिलवस्तु, पाल्पा, गुल्मी, नवलपरासी, अर्घाखाँची, बर्दिया, प्यूठान र रोल्पाको हिस्सा क्रमशः ११.३० प्रतिशत, १०.६५ प्रतिशत, ६.६१ प्रतिशत, ६.५३ प्रतिशत, ५.६६ प्रतिशत, ५.६० प्रतिशत, ३.४२ प्रतिशत, ३.२० प्रतिशत, २.१४ प्रतिशत र १.२६ प्रतिशत रहेको छ ।

चल्ती निक्षेप ५.९३ प्रतिशतले बृद्धि

समीक्षा वर्षमा बैंक तथा वित्तीय संस्थाहरुले लुम्बिनी प्रदेशबाट परिचालन गरेको चल्ती निक्षेप गत वर्षको तुलनामा ५.९३ प्रतिशतले बृद्धि भई ३७ अर्ब ६८ करोड ४९ लाख रुपियाँ पुगेको छ । गत आर्थिक वर्षमा यस्तो निक्षेप १०.८२ प्रतिशतले ¥हास भएको थियो । समीक्षा वर्षमा लुम्बिनी प्रदेशको कुल निक्षेपमा चल्ती निक्षेपको अंश ७.४३ प्रतिशत रहेको छ । बचत निक्षेप समीक्षा वर्षमा बैंक तथा वित्तीय संस्थाहरुले लुम्बिनी प्रदेशबाट परिचालन गरेको बचत निक्षेप गत वर्षको तुलनामा १०.८१ प्रतिशतले बृद्धि भई एक खर्ब ९५ अर्ब ४६ करोड १८ लाख पुगेको छ । गत आर्थिक वर्षमा यस्तो निक्षेप १३.७२ प्रतिशतले -हास भएको थियो ।

समीक्षा वर्षमा लुम्बिनी प्रदेशको कुल निक्षेपमा बचत निक्षेपको अंश ३८.५५ प्रतिशत रहेको छ । मुद्दती निक्षेप समीक्षा वर्षमा बैंक तथा वित्तीय संस्थाहरुले लुम्बिनी प्रदेशबाट परिचालन गरेको मुद्धती निक्षेप गत वर्षको तुलनामा २९.३१ प्रतिशतले बृद्धि भई दुई खर्ब ४४ अर्ब नौ लाख पुगेको छ । गत आर्थिक वर्षमा यस्तो निक्षेप ४७.३३ प्रतिशतले बृद्धि भएको थियो ।

समीक्षा वर्षमा लुम्बिनी प्रदेशको कुल निक्षेपमा मुद्धती निक्षेपको अंश ४८.१३ प्रतिशत रहेको छ । अन्य निक्षेप समीक्षा वर्षमा बैंक तथा वित्तीय संस्थाहरुले लुम्बिनी प्रदेशबाट परिचालन गरेको अन्य निक्षेप गत वर्षको तुलनामा १२.१४ प्रतिशतले बृद्धि भई २९ अर्ब ८१ करोड २७ लाख पुगेको छ । गत आर्थिक वर्षमा यस्तो निक्षेप ६.९२ प्रतिशतले -हास भएको थियो । समीक्षा वर्षमा लुम्बिनी प्रदेशको कुल निक्षेपमा अन्य निक्षेपको अंश ५.८८ प्रतिशत रहेको छ । कुल कर्जा समीक्षा वर्षमा लुम्बिनी प्रदेशका बैंक तथा वित्तीय संस्थाले लुम्बिनी प्रदेशमा प्रवाह गरेको कर्जा गत वर्षको तुलनामा २.७१ प्रतिशतले बृद्धि भई पाँच खर्ब ५३ अर्व ३४ करोड १८ लाख पुगेको छ । गत आर्थिक वर्षमा १४.९८ प्रतिशतले बृद्धि भएको थियो । त्यसैगरी, समीक्षा वर्षमा बैंक तथा वित्तीय संस्थाको यस प्रदेशको कर्जा÷निक्षेप अनुपात १०९.२९ प्रतिशत रहेको छ ।

सहकारीको कुल पुँजी बृद्धिमा संकुचन

अध्ययनमा समेटिएका सहकारी संस्थाहरुको कुल पुँजी समीक्षा वर्षमा ५.०६ प्रतिशतले बृद्धि भई चार अर्ब ४२ करोड ७६ लाख पुगेको छ । गत वर्षमा भने सो पुँजीमा ८.७९ प्रतिशतले बृद्धि भएको थियो । बचत परिचालन अध्ययनमा समावेश गरिएका बचत तथा ऋण सहकारी संस्थाहरुको बचत समीक्षा वर्षमा गत वर्षको तुलनामा १.४१ प्रतिशतले बृद्धि भई नौ अर्ब ११ करोड ५६ लाख पुगेको छ । अघिल्लो वर्षमा उक्त बचत ४.४४ प्रतिशतले बृद्धि भएको थियो ।

यस्तै अध्ययनमा समेटिएका बचत तथा ऋण सहकारी संस्थाहरुले समीक्षा वर्षमा प्रवाह गरेको कर्जामा गत वर्षको तुलनामा १.४७ प्रतिशतले ¥हास आई नौ अर्ब ५२ करोड ८५ लाख पुगेको छ । अघिल्लो वर्ष उक्त कर्जामा १८.८१ प्रतिशतले बृद्धि भएको थियो ।

समीक्षा वर्षसम्ममा अध्ययनमा समेटिएका बचत तथा ऋण सहकारी संस्थाहरुमा आबद्ध सदस्य सङ्ख्या गत वर्षको तुलनामा १५.८५ प्रतिशतले बृद्धि भई एक लाख नौ हजार ७९६ जना पुगेको छ । उक्त सङ्ख्या गत वर्ष २०.३४ प्रतिशतले बढेको थियो । त्यसैगरी कर्मचारी सङ्ख्या गत वर्षको तुलनामा ८.४४ प्रतिशतले बृद्धि भई ३४७ पुगेको छ । उक्त सङ्ख्या गत वर्ष ११.५० प्रतिशतले बढेको थियो ।


SHARE THIS