फायर, सेफ्टी एण्ड सेक्युरिटी सम्बन्धी प्रदर्शनीमा अवलोकनकर्ताहरुको उल्लेख्य सहभागिता

काठमाडौँ । नेपालमै पहिलोपटक फायर, सेफ्टी एण्ड सेक्युरिटी सम्बन्धी प्रदर्शनी “नेपाल फायर, सेफ्टी एण्ड सेक्युरिटी एक्स्पो २०२३” मा अवलोकनकर्ताहरुकोे उल्लेख्य सहभागिता भइरहेको छ ।
स्टार एक्जिविसन, इण्डियाले राजधानीको प्रदर्शनीमार्गस्थित भृकुटीमण्डप परिसरमा शुक्रबारदेखि आयोजना गरेको प्रदर्शनीमा हजारौं अवलोकनकर्ता तथा सरोकारवालाहरुले चासोका साथ अवलोकन गरिरहेका छन् ।
स्टार एक्जिविसन, इण्डियाका प्रमुख जाकीर खानले अन्तराष्ट्रियस्तरको प्रदर्शनीमा फायर, सेफ्टी एण्ड सेक्युरिटी प्रडक्ट, टेक्नोलोजी, इक्विपमेण्ट एण्ड इनोभेशनका नयाँ र विकसित संस्करणहरुको प्रदर्शन गरिएको बताउनुभयो ।
फायर एण्ड सेक्युरिटी एसोसिएसन अफ इन्डिया र एसिया प्यासिफिक सेक्युरिटी एसोसिएसन, नेपाल (एपीएसए–नेपाल च्याप्टर)को सहयोग रहेको यो प्रदर्शनीको व्यवस्थापन डी.एन इभेन्ट्स प्रलिको रहेको छ ।
आइतबारसम्म चल्ने नेपाल फायर एण्ड सेक्युरिटी एक्स्पो २०२३ मा नेपाल, भारत, चीनबाट करिब ८० भन्दा बढी कम्पनीको सहभागिता रहेको छ । यो प्रदर्शनीले संयुक्त उद्यम, प्रविधि हस्तान्तरण, मार्केटिङ व्यवस्थालाई सहज बनाउने अपेक्षा गरिएको छ ।
साथै फायर, सेफ्टी एण्ड सेक्युरिटीका नवीनतम विकासमा दुई देश बीच जनता–जनता सम्पर्क तथा जानकारी दिने एक्स्पोको उद्देश्य रहेको छ ।
विभिन्न सरकारी निकाय, निजी क्षेत्र र सरोकारवालाहरुसँग छलफल, व्यापार एकै थलोमा गर्न सकिने
एक्स्पोमा फायर एण्ड सेक्युरिटी सम्बन्धी सम्पूर्ण जानकारी दिइएको आयोजक पक्षले जनाएको छ ।
एक्स्पो बिहान १० बजेदेखि बेलुका छ बजेसम्म निःशुल्क अवलोकन गर्न सकिने छ ।
आइतबारसम्म चल्ने एक्स्पो अवलोकन गरी फायर एण्ड सेक्युरिटी सम्बन्धी विकसित नयाँ प्रविधि, अन्तराष्ट्रिय परिवेश र रोचक कुराहरुको अवलोकन गरेर भरपूर लाभ उठाउन आम सर्वसाधारणदेखि सरोकारवाला पक्ष तथा यो क्षेत्रमा काम गरिरहेका व्यवसायीहरुलाई आयोजक पक्षले आग्रह गरेको छ ।


SHARE THIS