नयाँ २९ ब्रोकर कम्पनी थपिँदै, आशय पत्र पाएको छ महिना भित्र पूर्वाधार निर्माण गर्नुपर्ने

 

काठमाडौँ । नयाँ ब्रोकरको लाइसेन्सका लागि निवेदन दिएका मध्ये फेरी १३ ब्रोकर कम्पनीले पनि आशय पत्र (एलओआई) पाएका छन् ।

नेपाल धितोपत्र बोर्डको बुधबार बसेको सञ्चालक समितिले थप १३ कम्पनीलाई ब्रोकरको रुपमा काम गर्न आशय पत्र प्रदान गरेको हो । यसअघि नयाँ ब्रोकरको लाइसेन्सका लागि निवेदन दिएका मध्ये १६ ब्रोकर कम्पनीले आशय पत्र (एलओआई) पाइसकेका छन् ।

आवेदन दिएकामध्ये १६ ब्रोकर कम्पनीलाई धितोपत्र बोर्डले आशय पत्र (एलओआई) दिएको हो । बोर्डका अनुसार एलओआई दिएको छ महिना भित्र सम्बन्धीत कमपनीले पूर्वाधार निर्माण गरिसक्नु पर्नेछ । बोर्डले पुर्वाधार निरीक्षण गरेर योग्य ठहराएपछि अन्तिम लाइसेन्स दिइने बोर्डले जनाएको छ । आगामी दिनमा अन्य आवेदकका पनि आवेदन अध्ययन गरेर पुर्वाधार निर्माणको आसय पत्र दिइने बोर्डले जनाएको छ ।

बोर्डले थप १३ कम्पनीलाई ब्रोकर लाइसेन्सका लागि आशय पत्र दिएसँगै अब बजारमा नयाँ २९ ब्रोकर कम्पनी थपिने भएका छन । हाल बजारमा ५० ब्रोकर कम्पनी सञ्चालनमा रहेका छन् ।

बोर्डले वुधबार सनराइज सेक्युरिटिज, जेबिएनएल सेक्युरिटिज, सेयर प्रो सेक्युरिटिज, स्टकस्टकार्टस सेक्युरिटिज, प्रोपर्टी बिजार्ड, क्यपिटल हब प्राली, मिल्की वे सेयर ब्रोकर कम्पनीलाई आशय पत्र प्रदान गरेको हो ।

यस्तै ब्लूचिप सेक्युरिटिज, गरिमा सेक्युरिटिज, शुभकामना सेक्युरिटिज, कलश स्टक मार्केट, मनि वल्र्ड सेयर एक्सचेन्स, मियो सेक्युरिटिजले पनि आशय पत्र प्राप्त गरेका छन् ।

धितोपत्र व्यापारीको लागि एक अर्ब ५० करोड, पूर्ण कार्य गर्ने धितोपत्र दलालको लागि ६० करोड र सीमित कार्य गर्ने दलालको लागि २० करोड रूपियाँ चुक्ता पुँजी तोकिएको छ ।

आशय पत्र पाएको छ महिनाभित्रमा यी कम्पनीले पूर्वाधार तयार गरी धितोपत्र बोर्डलाई जानकारी दिनुपर्ने व्यवस्था छ । बोर्डले ३० दिनभित्र स्थलगत निरीक्षण र जाचबुझ गरेर  पूर्वाधार अपर्याप्त देखेमा बढीमा तीन महिनाको समय दिएर थप व्यवस्था गराउन लगाउने तथा सो अवधिमा पनि पूर्वाधार तयार नगर्नेको अनुमति स्वतः रद्द हुने बोर्डले जनाएको छ ।


SHARE THIS