बुटवलको चौराहामा नेपाल बैंकको शाखा

काठमाडौँ । नेपाल बैंक लिमिटेडले रुपन्देहीको बुटवलस्थित चौराहामा नयाँ शाखा सञ्चालनमा ल्याएको छ ।

बैंकले शुक्रबारदेखि बुटवल उपमहानगरपालिका – ९ चौराहाबाट औपचारिक रुपमा सेवा सुरु गरेको बैंकले जनाएको छ ।

नेपाल बैंक सञ्चालक समितिका अध्यक्ष गङ्गाप्रसाद ज्ञवाली र बुटवल उपमहानगरपालिका नगर प्रमुख खेलराज पाण्डेयले संयुक्त रूपमा चौराहा शाखाको उद्घाटन गर्नुभयो । कार्यक्रममा बोल्दै प्रतिस्पर्धात्मक बैंकिङ बजारमा चुस्त दुरुस्त सेवासहित आफ्नो उपस्थिति बढाउन बंैकले शाखा विस्तारलाई जोड दिएको अध्यक्ष ज्ञवालीले बताउनुभयो ।

नगर प्रमूख खेलराज पाण्डेले नाफा मात्रै नहेरी व्यवसायीहरुलाई समस्यामा नपर्ने गरी सहयात्रीको रुपमा बैंकले काम गर्नूपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्ण बहादुर अधिकारीले शाखा विस्तारले बुटवलको विकासको निम्ति नेपाल बैंकको भूमिकासमेत बढाउन सहयोग पुग्ने र सरकारको बैंक भएकाले बैंकको नाफाको ठूलो अंश सरकारको आम्दानीको रुपमा पुन: देश विकासकै लागि खर्च हुने भएकाले पनि सरकारी बैंकसँग कारोबार गर्न उपयुक्त हुने बताउनुभयो ।


SHARE THIS