रिचेत जलविद्युतको आइपीओ जारी गर्ने

काठमाडौँ । रिचेत जलविद्युत कम्पनी लिमिटेडले साधारण सेयर ( आइपीओ ) सार्वजनिक निष्काशन गर्ने भएको छ । कम्पनीले आइपीओ निष्काशन गर्नको लागि एनआईबीएल एस क्यापिटल लिमिटेड बिक्री प्रबन्धकको रुपमा नियुक्त गरेको छ ।

कम्पनी ऐन, २०६३ अन्तरगत वि.सं. २०७० सालमा स्थापना भएको कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा सर्वसाधारणका लागि १,१२,२२३.५७ कित्ता साधारण सेयर सार्वजनिक निष्काशन गर्ने निर्णय गरेको हो ।

सम्झौतापत्रमा रिचेत जलविद्युत कम्पनी लिमिटेडका तर्फबाट अध्यक्ष अर्जुन प्रसाद पौडेल र कम्पनी सचिव शिशिर खनाल तथा रिचेत जलविद्युत कम्पनी लिमिटेड) तथा श्री एनआईबिएल एस क्यापिटल लिमिटेडका तर्फबाट नायव महाप्रबन्धक सचिन्द्र ढुंगाना र प्रमुख – मर्चेन्ट बैंकिङ रोश्ना मानन्धरले हस्ताक्षर गर्नुभयो ।


SHARE THIS