आइएमई जनरल इन्स्योरेन्सको सीइओ युगेश पुन: नियुक्त

काठमाडौँ । आइएमई जनरल इन्स्योरेन्स लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा युगेशभक्त बादे श्रेष्ठ दोस्रो कार्यकालको लागि पुन: नियुक्त हुनु भएको छ ।

कम्पनी सञ्चालक समितिको १२० आँै बैठकको निर्णय अनुसार प्रमुख कार्यकारी अधिकृत पदमा युगेशभक्तलाई सोमबारदेखि लागु हुने गरी दोस्रो कार्यकालको लागि पुन: नियुक्त गरिएको हो । नवनियुक्त सीइओ श्रेष्ठ २७ वर्षदेखि निर्जीवन बीमा क्षेत्रमा कार्यरत हुनुहुन्छ ।

बीमा क्षेत्रलाई नै आफ्नो कर्मथलो बनाएर यही क्षेत्रको विकासमा निरन्तर लागि पर्नुभएका श्रेष्ठको नेतृत्वमा करिब सात वर्षमा आर्ईएमई जनरल इन्स्योरेन्सले उल्लेख्य प्रगति हासिल गर्न सफल भएको कम्पनीले जनाएको छ ।

कम्पनी सञ्चालक समितिका अध्यक्ष हेमराज ढकालले कम्पनीको सीइओ युगेशभक्त बादे दोस्रो कार्यकालको लागि पुन: नियुक्त भएकोमा बधाई तथा सफल कार्यकालको शुभकामना दिनुभयो ।

सीइओको सपथ लिँदै श्रेष्ठले आफनो कार्यकालमा कम्पनीलाई उत्कृष्ठ कम्पनीको रुपमा स्थापित गर्ने प्रतिवद्धता व्यक्त गर्दै सोही अवसरमा आफूलाई सदैव सहयोग गर्ने नियमन निकायहरु, बीमा समिति, कम्पनीको सञ्चालक समितिका अध्यक्ष लगायत सञ्चालक, सेयरधनी, कम्पनीमा कार्यरत समस्त सहकर्मी साथीहरुलाई धन्यवाद दिँदै कम्पनीका ग्राहक महानुभावहरुलाई धन्यवाद व्यक्त गर्नुभयो ।


SHARE THIS