मेटलाइफको बीमा सचेतना

काठमाडौं । मेटलाइफले छ ग्रामिण जिल्लाहरुमा जीवन बीमाबारे जनचेतना कार्यक्रम आयोजना गरेको छ । कार्यक्रममा सहभागी ६०० जनाले विभिन्न बीमालेखका फाइदाबारे जान्ने मौका पाएको कम्पनीले जनाएको छ । नेपालगञ्ज, टिकापुर, धनगढी, भोजपुर, कास्की र जुम्लामा जनचेतना कार्यक्रम सञ्चालन गरिएको थियो ।

बीमा जागरण कार्यक्रमले मानिसहरूलाई उनीहरूको दीर्घकालीन हितलाई खतरामा नपार्न, उनीहरूका अधिकांश वित्तीय कठिनाइहरूलाई घटाएर आपातकालीन रणनीति विकास गर्न मद्दत गरेको कम्पनीको विश्वास छ ।


SHARE THIS