मर्जरमा जाँदै प्रभु र सेञ्चुरी बैंक, स्वाप रेसियो १:१

काठमाडौं । प्रभु बैंक र सेञ्चुरी कमर्सियल बैंक मर्जर सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ । सो सम्झौतापत्रमा बैंकका अध्यक्षद्वयले काठमाडौंमा एक कार्यक्रमबीच हस्ताक्षर गर्नुभयो ।

लामो समयको नेगोसिएशन पछि प्रभु र सेञ्चुरी बैंकबीच १ बराबर १ स्वाप रेसियोमा मर्जर सम्झौता भएको हो । सो सम्झौताअनुसार मर्जरपछि प्रभु बैंककै सीइओ रअध्यक्ष रहने छन् भने सञ्चालक समितिमा सेञ्चुरी बैंकबाट ३ जना प्रतिनिधि राख्ने सम्झौता भएको हो ।

प्रभु बैंकको चुक्ता पुँजी १२ अर्ब ७० करोड रुपियाँ रहेको छ भने सेञ्चुरीको नौ अर्ब ५५ करोड रुपियाँ रहेको छ । दुई बैंक मर्जरपछि २२ अर्ब २५ करोड चुक्ता पुँजी कायम हुनेछ ।


SHARE THIS