एनआईसी एशिया बैंकको मोबाइल बैंकिङ्ग एप स्तरोन्नति

काठमाडौं । एनआईसी एशिया बैंकले ओम्नी च्यानल एप प्रणालीमा आधारीत मोबाइल बैंकिङ्ग एपको शुभारम्भ गरेको छ ।

‘डिजिटल फस्ट बैंक’ बन्ने दीर्घकालीन रणनीति अनुरुप सम्पूर्ण बैंकिङ सेवा तथा सुविधा क्रमिक रुपले डिजिटल माध्यमबाट प्रदान गर्ने हेतुले बैंकले ओम्नी च्यानल एपमार्फत जुनसुकै स्थानबाट, जुनसुकै समयमा स्मार्ट फोनबाटै अधिकतम बैंकिङ्ग सेवाहरू उपभोग गर्न मिल्ने हिसाबले बैंकमा खाता भएका एवं नभएका ग्राहक महानुभावहरूलाई लक्षित गर्दै यो नयाँ सेवाको शुभारम्भ गरेको हो ।

हालका एनआइसी मोबैंक प्रयोगकर्ताहरूले वर्तमान एपलाई अपडेट गरी ओम्नी च्यानल एपमा स्तरोन्नति गर्न सक्ने बैंकले जनाएको छ ।

‘सबथोक यसमै छ’ भन्ने नाराका साथ सुरु गरिएको ओम्नी च्यानल एपबाट ग्राहकहरूले अधिकतम बैंकिङ्ग सेवाहरू सहज एवं सरल रुपमा उपभोग गर्न सक्नेछ र निकट भविष्यमा अझ बढी सेवाहरू यसै एपमार्फत दिने तयारी गरिरहेको बैंकले जनाएको छ ।


SHARE THIS