काठमाडौं उपत्यकामा सिटिजन्सका तीन नयाँ शाखा

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले शाखा विस्तार गर्ने क्रममा काठमाडौंमा एकैसाथ तीनवटा शाखा सञ्चालनमा ल्याएको छ ।

बैंकले काठमाडांैको ठूलो भर्‍याङ्ग, थली र बुढानिलकण्ठमा गरी तीन वटा शाखाहरु सञ्चालनमा ल्याएको हो । यससँगै काठमाडांै उपत्यकाभित्र बैंकको ३२ वटा शाखा सञ्चालनमा रहेका छन् ।

सुविधा सम्पन्न नयाँ शाखामार्फत ग्राहकहरुको वित्तीय आवश्यकता पुरा गर्न आवश्यक सम्पूर्ण रिटेल बैकिङ सेवा प्रदान गर्नुका साथै साना तथा कर्पोरट व्यवसायीहरुमाझ वित्तीय पहुँच पुर्‍याँउने लक्ष्य  राखेको बैंकले जनाएको छ ।


SHARE THIS